त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

बाढीले प्रभावित नुवाकोटको केन्द्रीय कारागार त्रिशूली (नुवाकोट), १० भदौः रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागारमा बाढीले पुर्‍याएको क्षति । यहाँको प्रशासनिक भवन र नेपाल प्रहरीको सुरक्षा एकाईको भवनमा क्षति पुर्‍याएको छ भने कारागारमा आंशिक प्रभाव पुगेको छ । अहिले कैदीबन्दीलाई सुरक्षित ब्लकमा राखिएको छ । तस्बिर: रामहरि न्यौपाने/रासस
अ+
अ
अ-

चितवन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली र नारायणी नदीमा ६४ शव भेटिएका छन् । भेटिएका शव सग्लो र शरीरका अङ्गहरु मात्रै पनि छन् । भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुसार तनहुँमा भेटिएका नौ शव चितवन पठाइएको भए पनि यहाँ राख्ने ठाउँ नभएर पुनःतनहुँ नै फिर्ता गरिएको छ । जिल्लास्थित तीनवटै सुरक्षा निकायले नदी किनारमा शव खोज्ने काम सुरु गरेका छन् । भरतपुर अस्पतालको शवगृहमा शव नअटाए पछि अब भेटिएका शवहरुलाई औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्नेगरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।