दक्षिणी लेबनानमा इजरायली गोलाबारी, मार्जायुन क्षेत्रमा धुवाँको मुस्लो

Smoke rises from fires ignited by Israeli shelling that targeted the plain of Marjayoun in southern Lebanon on August 25, 2026. Lebanon was drawn into the Middle East war on March 2, when pro-Iran Hezbollah launched rockets towards Israel in response to US-Israeli strikes that killed Iranian supreme leader on February 28, 2026. Despite a November 2024 ceasefire that was supposed to end more than a year of hostilities between Israel and the Iran-backed Hezbollah group, Israel has kept up strikes on Lebanon and has maintained troops in areas in southern Lebanon it deems strategic. (Photo by AFP) /
+
-

काठमाडौँ । दक्षिणी लेबनानको मार्जायुन क्षेत्रमा इजरायली सेनाले गरेको गोलाबारीपछि आगलागी भएको छ। मंगलबार भएको गोलाबारीपछि उक्त क्षेत्रमा धुवाँको ठूलो मुस्लो देखिएको छ।

लेबनानी सञ्चारमाध्यमका अनुसार मार्जायुन जिल्लाका विभिन्न क्षेत्रमा इजरायली सेनाको गोलाबारी तथा सैन्य गतिविधि जारी रहेको छ। मंगलबार मार्काबा क्षेत्रमा समेत इजरायली गोलाबारी भएको रिपोर्ट गरिएको छ।

अमेरिका–इजरायल र इरानबीचको युद्धमा लेबनान पनि तानिएपछि दक्षिणी लेबनानमा तनाव थप बढेको हो। इरान समर्थित हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि इजरायलले लेबनानमा सैन्य कारबाही तीव्र बनाएको थियो।

यसअघि सन् २०२४ नोभेम्बरमा इजरायल र हिजबुल्लाहबीच युद्धविराम भएको थियो। तर त्यसपछि पनि दक्षिणी लेबनानमा इजरायली सैन्य कारबाही र गोलाबारी पूर्ण रूपमा रोकिएको छैन।