अ+
अ
अ-
काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने एक युवकमाथि पाँच दिनको म्याद थप गरिएको छ।
जुम्लाको तातोपानी गाउँपालिका–२ घर भएका २७ वर्षीय राज कठायतले बानेश्वर ट्राफिक प्रहरी बिटमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात गरेको प्रहरीले जनाएको छ।
प्रहरीले कठायतलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको काठमाडौं प्रहरीका एसपी दानबहादुर थापाले जानकारी दिए।


