मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा

अ+
अ
अ-

काठमाडौं । सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने भएको छ।

गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेको जनाइएको छ।

सोही अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले मोहम्मद जयन्तीका अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा शुभकामनासमेत व्यक्त गरेको छ।