अ+
अ
अ-
कोलम्बो- भारत र श्रीलङ्काबीच जारी दोस्रो टेस्ट क्रिकेटको तेस्रो दिन भारतीय अलराउन्डर रविन्द्र जडेजाले श्रीलङ्काका ब्याटर पासिन्दु सूर्यबन्दाराको विकेट लिएपछि खुसी मनाएका छन्।
कोलम्बोस्थित सिन्हालेज स्पोर्ट्स क्लबमा जारी खेलमा भारतले पहिलो इनिङमा ९ विकेट गुमाएर ५०३ रनमा इनिङ्स समाप्त गरेको थियो। जवाफमा श्रीलङ्का तेस्रो दिनको लञ्चसम्म ४ विकेट गुमाएर १३० रनको अवस्थामा छ। श्रीलङ्का भारतभन्दा ३७३ रनले पछाडि छ।
पासिन्दु सूर्यबन्दाराले आफ्नो दोस्रो टेस्ट खेलमै पहिलो अर्धशतक पूरा गर्दै ६५ रनमा अविजित रहेका छन्। भारतका प्रसिध कृष्णले महत्वपूर्ण तीन विकेट लिएका छन्।
तस्बिर : एपी/एरंगा जयवर्धने


