काठमाडौ । बानेश्वर ट्राफिक विटमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि एक युवकले हातपात गरेका छन्।
ट्राफिक नियम उल्लंघन गर्दै अघि बढेका ती युवकलाई महिला ट्राफिक प्रहरीले ‘यहाँबाट मिल्दैन, अर्को बाटो जानुहोस्’ भन्दै फर्काउन खोजेपछि विवाद भएको थियो । महिला ट्राफिक प्रहरीका अनुसार यताबाट जान मिल्दैन अन्तबाट जानुहाेस,भन्दा विवादका क्रममा युवकले ‘यस्तै छ नेपालको कानून, के गर्ने?’ भन्दै हात हालेका थिए। म डिउटीमा बसेकाे महिला प्रहरीमाथि हातपात गर्न पाइन् ? उनले प्रश्न गरेकि छन् । युबकले अचानक हातपात गरेको दृश्यमा देखिन्छ।
घटनापछि अन्य दुई जना ट्राफिक प्रहरी आएर युवकलाई छुट्याएका थिए। त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
ट्राफिक प्रहरीको काम सडकमा सवारी आवागमन व्यवस्थित गर्नु तथा ट्राफिक नियम कार्यान्वयन गराउनु हो। नेपाल ट्राफिक प्रहरीले पनि सडक नियम उल्लंघन नियन्त्रण र कानुन कार्यान्वयनलाई आफ्नो प्रमुख जिम्मेवारीका रूपमा उल्लेख गरेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ


