गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी माथि अनुसन्धानमा

अ+
अ
अ-

बारा । बाराकी गरिमा चौधरीको हत्या प्रकरणमा पक्राउ परेका १४ वर्षीय किशोरको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रहरीलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ।

चौधरी हत्या प्रकरणमा पक्राउ परेका किशोर सुमन धापाले बयान दिइरहेको अवस्थामा खिचिएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले भिडियो खिच्ने तथा सार्वजनिक गर्ने कार्यमा संलग्न प्रहरीमाथि अनुसन्धान थालेको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बयानका क्रममा चार–पाँच जना प्रहरी उपस्थित रहेको देखिन्छ। त्यसमध्ये कम्तीमा दुई जनाले भिडियो खिचिरहेको देखिएको छ भने अर्का एक प्रहरीसमेत भिडियो खिचिरहेको अवस्थामा देखिन्छन्। प्रहरीकै मोबाइलबाट खिचिएको उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हुनसक्ने आशंका गरिएको छ।

कानुनअनुसार अनुसन्धानका क्रममा अभियुक्तको बयानलगायत संवेदनशील विवरण अनधिकृत रूपमा सार्वजनिक गर्नु गोपनीयता र अनुसन्धान प्रक्रियासम्बन्धी कानुनी व्यवस्थाविपरीत मानिन्छ।

भिडियो कसले खिच्यो, कसरी बाहिरियो र सामाजिक सञ्जालमा कसले सार्वजनिक गर्‍यो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।