अ+
अ
अ-
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त भएका छन्।
उनलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निसा मेहताले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन्।
डा. पौडेल नाक, कान तथा घाँटी रोग विशेषज्ञ हुन्। उनले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यक्रियामा एमएस तथा सोही संस्थाबाट एमबीबीएस अध्ययन गरेका हुन्।
उनी नेपाल मेडिकल काउन्सिलको नैतिक तथा परीक्षा समितिका कार्यसमिति सदस्यका रूपमा समेत काम गरिसकेका छन्।
डा. पौडेल भरतपुर अस्पताललाई सेवा सुधार र आत्मनिर्भरताको दिशामा अगाडि बढाउन सफल चिकित्सकका रूपमा परिचित छन्।

