समाचार

नवनिर्वाचित सांसदहरुकाे सपथ दिउँसो २ बजे

चैत १३ बिहीबार ,२०८२

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज हुने भएको छ। शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजेका लागि तय गरिएको छ।

संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई–दुई प्रति सहित तोकिएको समयभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ।

शपथ कार्यक्रम सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुने छ। सचिवालयका अनुसार कार्यक्रमका सम्पूर्ण तयारी पूरा भइसकेका छन्।

नेपालको संविधानको धारा ९९ र धारा ९१ को उपधारा (५) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *