समाचार
फागुन २१ कि स्वतन्त्र उम्मेदवार आशा तामाङ रास्वपामा प्रवेश, बदन भण्डारीद्वारा स्वागत

चैत ५ बिहीबार, २०८२
काभ्रेपलान्चोक । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–२ बाट स्वतन्त्र उम्मेदवार बनेकी आशा तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेकी छन्।
उहाँलाई रास्वपाका नेता तथा संघीय सांसद बदन कुमार भण्डारीले औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।
सांसद भण्डारी हाल निर्वाचन क्षेत्रमा मतदाताप्रति आभार तथा धन्यवाद व्यक्त गर्न घरदैलो कार्यक्रममा सक्रिय रहँदै आएका छन्। तामाङको पार्टी प्रवेश कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
तामाङको प्रवेशले अन्य दलमा निष्क्रिय रहेका कार्यकर्ताहरूलाई रास्वपातर्फ आकर्षित गर्ने विश्वास सांसद भण्डारीले व्यक्त गरेका छन्।
पार्टी प्रवेशपछि टुकी नेटवर्कसँग कुराकानी गर्दै नेत्री तामाङले अन्य दलप्रतिको विश्वास घट्दै गएको र रास्वपामा नयाँ सम्भावना देखेर आफू सक्रिय राजनीतिमा लाग्न आएको बताइन्।
उनले भनिन्,“अहिलेसम्म सबै दललाई नियाल्ने अवसर पाएँ, अब रास्वपामै सक्रिय भएर काम गर्ने निर्णय गरेकी छु। म रास्वपाको समर्थक र शुभेच्छुक हुँ।”
