समाचार

बदन कुमार भण्डारीको जीतपछि युवाले शरीरमै ट्याटु: मतसंख्या र घण्टी चिन्ह अंकित

 

 

फागुन २६ मंगलबार, २०८२

काभ्रेपलान्चोक । काभ्रे निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदन कुमार भण्डारीप्रति खुशी व्यक्त गर्दै एक युवाले आफ्नो शरीरमै ट्याटु खोपेका छन्।

जेन–जि पुस्ताका युवा सविन जंग खत्रीले भण्डारीको नामसहित उहाँले निर्वाचनमा प्राप्त गरेको मतसंख्या र घण्टी चुनाव चिन्ह शरीरमा ट्याटुका रूपमा अंकित गरेका हुन्। खत्रीले भण्डारीप्रति समर्थन र विश्वास प्रकट गर्दै यस्तो ट्याटु खोपेको बताएका छन्।

निर्वाचनमा भण्डारीले ५३ हजार ३ सय ४४ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

यस विषयमा प्रतिक्रिया दिँदै भण्डारीले सामाजिक सञ्जालमार्फत भावुक प्रतिक्रिया व्यक्त गरेका छन्। उनले भनेका छन्, “मेरो विजयमा खुशी व्यक्त गर्दै आफ्नो शरीरमै मैले पाएको मत संख्या र घण्टी चुनाव चिन्हको ट्याटु हानेर देखाउनुभएको तपाईंको माया, विश्वास र समर्पणले म अत्यन्त भावुक भएको छु। यो केवल समर्थन मात्र होइन, परिवर्तनको यात्राप्रति तपाईंको अटल विश्वास र समर्पणको प्रतीक हो। यस्तो मायाले मलाई अझ जिम्मेवार बनाएको छ र जनताको सेवा गर्न अझ दृढ संकल्पित बनाएको छ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *