समाचार
सहयोगी मनकाे मायाले कपुर महाँकाल प्रा.वि.मा न्यानो कपडा वितरण

माघ ११, आइतबार २०८२
काभ्रेपलान्चोक । जनसेवा केन्द्र नेपालको संयोजनमा बेथानचोक गाउँपालिका–४ स्थित कपुर महाँकाल प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ।
सरस्वती पूजाको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाहरूको सहयोग रहेको थियो। कसैले आर्थिक सहयोग गरेका थिए भने कसैले कापी, कलम, सिसाकलम, इरेजरलगायतका शैक्षिक सामग्री प्रदान गरेका थिए।
कार्यक्रममा सुपरनोभा तालिम केन्द्र, दामी खाजा घर, आइएचएम, धुलिखेल इको रिसोर्ट, रुटिन अफ काभ्रे बन्दलगायत संस्थाहरूको सहयोग रहेको थियो। यसैगरी मिडिया पार्टनरका रूपमा बेथानचोक खबर, इपी खबर, अनलाइन काभ्रे र रुटिन अफ काभ्रे रहेका थिए।
उक्त कार्यक्रममा जनसेवा केन्द्र नेपालका अध्यक्ष सरोज प्रसाद कुइकेल, सुपरनोभा तालिम केन्द्रका सञ्चालक मोहन गजुरेल र राजकुमार सापकोटा, रुटिन अफ काभ्रेका सञ्चालक कविराज गिरी तथा विमेश सापकोटा, राम तिमल्सिना, डिकेन्द्र बस्नेत र दिनेश खरेललगायतको सहभागिता रहेको थियो।
अन्य सहयोगी संस्थाका प्रतिनिधिहरू विशेष कारणले कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी आयोजक संस्थाले टुकी नेटवर्कलाई दिएको छ।
#जनसेवा_केन्द्र_नेपाल
#सरस्वती_पूजा
#शैक्षिक_सहयोग
#न्यानो_कपडा_वितरण
#बेथानचोक
#काभ्रेपलान्चोक
#EducationSupport
#TukiNetwork
