समाचार

जनसेवा केन्द्र नेपालद्वारा श्रीपञ्चमीको अवसरमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

माघ ९, शुक्रबार २०८२
काभ्रेपलाञ्चोक । जनसेवा केन्द्र नेपालले श्रीपञ्चमीको अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ स्थित श्री कपुर महाँकाल प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुभास लामाकाे अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सराेज प्रसाद कुइकेलकाे आतिथ्यतामा बालकक्षा देखि कक्षा ५ सम्म अध्ययनरत जम्मा २५ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको हो। राहत,निजि ,बालकाेटा र कार्यालय सहायक गरि   विद्यालयमा हाल ६ जना शिक्षक कार्यरत छन्। विद्यालय २०५६ सालमा स्थापना भएको हो।

कार्यक्रमका प्रमुख अतिथि कुइकेलले जनसेवा एक मानविय सेवामा समर्पित संस्था भएकोले कसैकाे आँखा नपुगेको ठाउँमा सहयोगी मनहरुकाे उपस्थिति जनाउदै आएको बताउनु भयो ।`उहाँका अनुसार संस्थाले विभिन्न भेग र बस्तिहरुमा जनसेवकहरु मार्फत गतिविधि संचालन गरिने छ। ´

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुभास लामाले सामाजिक संस्थाहरूको सहकार्यले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र महतले जनसेवा केन्द्र नेपालप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले दुर्गम क्षेत्रका विद्यार्थीहरूको शैक्षिक यात्रामा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो।

कार्यक्रममा जनसेवा केन्द्र नेपालका अध्यक्ष सरोज प्रसाद कुइकेल, साथै सहयोगी संस्थाका तर्फबाट समाजसेवी माेहन गजुरेल,लगायत विमेश सापकाेटा,कविराज गिरि,राम तिमल्सिना,राजकुमार सापकाेटा,प्रमेश लामा, डिकेन्द्र बस्नेत,   सहजकर्ता यशोदा खत्री र शुभद्रा खत्री,

दिल बहादुर लामाले संचालन गर्नु भएको कार्यक्रममा विद्यालयका शिक्षक लक्ष्मि श्रेष्ठले स्वागत गर्नु भएको थियो। कपडा तथा शैक्षिक सामाग्री पाउनु हुने बालबालिकाका अभिभावकले संस्था र सहयोगीहरु प्रती खुशी व्यक्त गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *