समाचार

नेपालको राजनीतिमा देखिँदै गएको विचारविहीन मोड

 
-शिशिर भण्डारी
भूमिका:
नेपालको लोकतन्त्र आज एउटा संवेदनशील मोडमा उभिएको छ। राजनीतिक नेतृत्व विचार, सिद्धान्त र दीर्घकालीन दृष्टिकोणबाट जन्मिनुपर्ने ठाउँमा क्रमशः social media को लोकप्रियता, views, likes र followers बाट मापन हुन थालेको देखिन्छ। डिजिटल प्लेटफर्मले अभिव्यक्ति सजिलो बनाएको सत्य हो, तर यही सजिलोपनलाई नेतृत्वको योग्यता ठान्ने प्रवृत्ति बढ्दै जानु गम्भीर चिन्ताको विषय बनेको छ।

राजनीति अब नीति निर्माणभन्दा बढी प्रदर्शनतर्फ, गहिरो अध्ययनभन्दा बढी भावनात्मक अपिलतर्फ र जिम्मेवारीभन्दा बढी लोकप्रियताको दौडतर्फ धकेलिँदै छ। त्यसैले नेपालको लोकतन्त्र आज केवल नेतृत्वको संकटमा मात्रै छैन, यो विचारको संकट भोगिरहेको छ। राजनीतिको केन्द्र अब नीति, सिद्धान्त र दीर्घकालीन दृष्टिकोणबाट क्रमशः हट्दै attention economy तर्फ सरेको छ। Social media को युगसँगै views, likes र followers राजनीतिक वैधताको नयाँ मापदण्ड जस्तै प्रस्तुत हुन थालेका छन्। यही प्रवृत्तिले आज नेपालमा एउटा खतरनाक भ्रम सिर्जना गरिरहेको छ—लोकप्रिय हुनु भनेको नेतृत्व गर्न सक्षम हुनु हो भन्ने भ्रम। यो भ्रम लोकतन्त्रका लागि आत्मघाती छ।

यही पृष्ठभूमिमा आजको नेपालमा फैलिँदै गएको popularism–आधारित राजनीतिको जोखिमबारे केही चर्चा गरौ ।

Viral Popularity कि वैचारिक नेतृत्व?
लोकतन्त्रमा जनमत महत्त्वपूर्ण हुन्छ, तर जनमत सधैं विवेकबाट होइन, कहिलेकाहीँ भावनाबाट निर्देशित हुन्छ। अहिले नेपालमा देखिँदै गएको राजनीतिक प्रवृत्ति त्यही भावनात्मक भीड निर्माणमा केन्द्रित हुँदै गएको संकेत हो। Facebook, TikTok, Instagram You Tube जस्ता प्लेटफर्ममा लोकप्रियता बढ्दैमा पार्टी खोल्ने, आफूलाई नेता घोषणा गर्ने र मन्त्री वा प्रधानमन्त्री बन्ने सपना सार्वजनिक रूपमा बाँड्ने अभ्यास सामान्य बन्दै गएको छ।

यो प्रवृत्ति लोकतन्त्रको स्वाभाविक विकास होइन, बरु यसको संरचनागत विचलन हो।

राजनीति content creation होइन। देश चलाउनु भनेको algorithm अनुसार viral हुने भाषण दिनु होइन। राज्य सञ्चालन संविधान, कानुन, संस्था, अर्थतन्त्र र कूटनीतिसँग जोडिएको गम्भीर प्रक्रिया हो। Viral भिडियोले बजेट बनाउँदैन, trending slogan ले रोजगारी सिर्जना गर्दैन र emotional भाषणले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित हुँदैन। दुर्भाग्यवश, आज यी आधारभूत योग्यताभन्दा social media visibility लाई नेतृत्व क्षमताको विकल्पजस्तो प्रस्तुत गरिँदै छ।

नेतृत्व लोकप्रियताबाट होइन, तयारी र क्षमताबाट परिभाषित हुनुपर्छ। इतिहासले देखाएको छ—राज्य सफलतापूर्वक चलाउन ideology, नीति, अनुशासन र संकटमा कठिन निर्णय लिन सक्ने साहस आवश्यक हुन्छ। Camera अगाडि बोल्न सक्नु र संकटको घडीमा निर्णय लिन सक्नु एउटै कुरा होइन। आज सामाजिक सञ्जालमा–आधारित popularism ले छोटो समयमा भीड बटुल्न सक्छ, तर दीर्घकालीन नीति दिन सक्दैन। यस्तो राजनीति भावनामा खेल्छ, अपेक्षा बढाउँछ, तर संस्थागत समाधान दिन नसकेपछि विस्तारै निराशा जन्माउँछ।

यहाँ समस्या नयाँ अनुहारको होइन, तयारीविहीन अनुहारको हो। नेपालको राजनीतिक इतिहास हेर्दा, सफल वा असफल—दुवै किसिमका नेतृत्व विचार, संगठन र निरन्तरताबाटै उदाएका छन । आज भने पार्टी खोल्नु विचारको परिपक्वता होइन, follower count को परिणामजस्तो देखिन थालेको छ। ideology के हो भन्ने प्रश्नलाई “पुरानो राजनीति” भनेर पन्छाइन्छ, तर ideology बिना राजनीति नीति होइन, केवल अवसरवाद बन्छ। Popularism को मूल समस्या नै यही हो कि- यसले भीड त बनाउँछ, तर संस्था बनाउँदैन। यसले आशा त जगाउँछ, तर संरचना दिँदैन। यसले सत्ता त खोज्छ, तर जिम्मेवारीबाट भाग्छ। इतिहासमा जहाँ–जहाँ राजनीति भावनात्मक भीडमा आधारित भयो, त्यहाँ लोकतन्त्र कमजोर भयो। कारण सरल छ—भीड प्रश्न सोध्दैन, ताली बजाउँछ। र तालीले नेताको ego बढाउँछ, क्षमताको स्तर होइन।

विश्व इतिहासले बारम्बार प्रमाणित गरिसकेको छ कि- भीडमा आधारित राजनीति अन्ततः अस्थिरता, अधिनायकवादी झुकाव वा राज्य क्षमताको ह्रासतर्फ जान्छ। विचार बिना राजनीति अवसरवादमा रूपान्तरण हुन्छ। योजना बिना सत्ता दुर्घटना बन्छ। जिम्मेवारी बिना नेतृत्व राष्ट्रका लागि अभिशाप सावित हुन्छ। नयाँ अनुहार र नयाँ सोचको आवश्यकता निश्चय नै छ। तर नयाँपन आफैंमा योग्यता होइन। खाली दिमागको नयाँपन सुधार होइन, जोखिम हो। सिद्धान्तविहीन परिवर्तनले प्रणाली सुधार्दैन, बरु संस्थालाई कमजोर बनाउँछ। राजनीति shortcut career होइन; यो निरन्तर अध्ययन, त्याग, सार्वजनिक उत्तरदायित्व र दीर्घकालीन प्रतिबद्धताको अभ्यास हो।

त्यसैले आजको लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी केवल नेताको मात्र होइन, जनताको पनि हो। चुनाव नजिकिदै छ , पार्टी र नेताहरू धमाधम जन्मिदै छन, अव मतदाता यहाँ सच्चिन र सचेत हुन जरूरी छ कि-  अब कुनै क्षेत्रबाट लोकप्रियता पाएका ब्यक्ति र लोकप्रिय भाषणभन्दा अघि केही आधारभूत प्रश्न सोध्नैपर्छ— त्यो  हो, तपाईंको ideology के हो ? देश चलाउने स्पष्ट roadmap के छ? सत्ता बाहिर हुँदा तपाईंको ठोस योगदान के हो? पाँच वर्षपछि होइन, बीस वर्षपछि नेपाल कहाँ पुग्नेछ भन्ने तपाईंको दृष्टि के हो? जस्ता प्रश्नको जवाफ बिना आफ्नो धारणा बनाउनु भनेको अहिलेको आफ्नो पुस्ता मात्रै होइन कि चौथो -पाँचौ पुस्ता सम्म आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हुन्छ ।

यतिखेर बझ्नु पर्ने कुरा के हो भने- viral भाषण राजनीति होइन, Emotional video नीति होइन, Trendy slogan vision होइन। त्यो केवल राजनीतिक नाटक हो। र अब तमाम मतदाताले निर्णय गर्नुपर्छ कि- Popularity होइन, पात्रता रोज्ने ? आवाज होइन, विचार रोज्ने ? Viral होइन, vision रोज्ने ? यदि आज हामीले विवेकभन्दा तालीलाई प्राथमिकता दियौं भने, भोलि यही ताली पाउने पात्रहरू देश डुबाएको दोषीको सूचीमा लेखिने जोखिम उच्च छ। लोकतन्त्र बचाउने हो भने अब सोच्ने मतदाता आवश्यक छ—reaction होइन, reflection गर्ने जनता आवश्यक छ ।

आज social media–आधारित राजनीतिक पात्रहरूलाई हेर्दा एउटा साझा कमजोरी देखिन्छ- देशको अर्थतन्त्रबारे सतही नाराभन्दा गहिरो अध्ययन छैन । शासन प्रणाली सुधार्ने स्पष्ट खाका छैन । संघीयता, न्याय प्रणाली वा कूटनीतिमा सुस्पष्ट धारणा छैन। तर सत्ता चाहिने हतारो भने अत्यधिक छ। हो, यही राजनीति shortcut careerism हो—त्याग र निरन्तरताको अभ्यास होइन । तयसैले नयाँपनको नाममा प्रस्तुत गरिँदै आएको धेरैजसो राजनीति वास्तवमा विचारको शून्यता हो। नयाँ हुनु आफैंमा योग्यता होइन; नयाँ विचार हुनु योग्यता हो। खाली दिमागको नयाँपन परिवर्तन होइन, प्रयोग हो—र त्यो प्रयोगको मूल्य राष्ट्रले चुकाउनुपर्छ। सिद्धान्तविहीन परिवर्तनले सुधार होइन, संस्थागत क्षय निम्त्याउँछ।

यही कारण अब बहस नेतामा होइन, मतदाताको चेतनामा केन्द्रित हुनुपर्छ। लोकतन्त्रमा अन्तिम शक्ति मतदाताकै हातमा हुन्छ। यदि मतदाताले लोकप्रियता र पात्रताको भिन्नता बुझ्न सकेनन् भने, दोष केवल नेतृत्वको मात्रै हुँदैन कि समाजकै विवेकको हुन्छ।
२०८२ माघ ७ गते ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *