समाचार

गुटका आधारमा टिकट वितरण भयो भने दुर्भाग्यपूर्ण हुन्छ : काभ्रे–१ का एमाले आकांक्षी उम्मेदवार

२०८२पुस २५ शुक्रबार
काभ्रे । नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर–१ का लागि उम्मेदवारी दिएको एक नेताले टिकट वितरण गुटका आधारमा भए पार्टी र आन्दोलन दुवैका लागि दुर्भाग्यपूर्ण हुने चेतावनी दिएका छन्।
क्षेत्रीय कमिटी र जिल्ला कमिटीबाट केन्द्रीय कमिटीमा नाम सिफारिस भइसकेको जानकारी दिँदै उनले महाधिवेशनमा देखिएको गुटीय अभ्यास दोहोरिए त्यसले न आन्दोलनको रक्षा गर्न सक्ने न पार्टीलाई सुदृढ बनाउन सक्ने स्पष्ट पारे।

उनले आफू गुटवादको स्पष्ट विपक्षमा रहेको उल्लेख गर्दै भने, “गुटवादले व्यक्ति वा सीमित समूहको स्वार्थ संरक्षण गर्छ, तर विचार समूहको अस्तित्व भने नकारात्मक होइन।” उनका अनुसार विचार समूहहरू धेरै हुन सक्छन् र तिनले नीति निर्माण, नेतृत्व विकास र आन्दोलनलाई नयाँ गति दिन सक्ने क्षमता राख्छन्।
गुटवादले संगठनलाई विभाजित गर्ने तर विचार समूहले बहस, वैचारिक स्पष्टता र आन्दोलनको उचाइ बढाउने उनको तर्क छ। त्यसैले टिकट वितरणदेखि नेतृत्व चयनसम्म विचार, क्षमता र आन्दोलनप्रतिको प्रतिबद्धतालाई आधार बनाइनु आवश्यक रहेको उनले जोड दिए।

उनले पार्टीभित्र देखिँदै आएको केही अभ्यासप्रति गम्भीर आपत्ति जनाउँदै यस्ता प्रवृत्तिहरू अन्त्य हुनुपर्ने बताए ।अवसर र अधिकारको न्यायोचित वितरण हुनुपर्ने

गुटीय आधारमा अवसर प्राप्त गर्ने परिपाटी त्यागिनुपर्ने
एउटै व्यक्तिले आधा दर्जन जिम्मेवारी लिएर संगठनलाई निजी साधन बनाउने अभ्यास रोकिनुपर्ने
पटक–पटक एउटै व्यक्ति उही जिम्मेवारीमा दोहोरिरहने प्रवृत्ति अन्त्य हुनुपर्ने
नेताको वरिपरि घुमफिर गरेर “आफू योग्य छु” भन्ने फजुल र काइते प्रमाण पेश गर्ने संस्कार बन्द गर्नुपर्ने
उनका अनुसार यस्ता सुधारबिनाको टिकट वितरण र नेतृत्व चयनले पार्टीलाई जनताको भरोसायोग्य विकल्प बनाउन नसक्ने स्पष्ट छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *