समाचार

नेकपा एमाले काभ्रे–१ बाट १० जनाको उमेदवारी दावी, रक्तिम लामाकाे पनि आकांक्षी

२०८२ पुस २० आइतबार 

काभ्रेपलाञ्चोक । नेकपा एमाले काभ्रेपलाञ्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ११ जना नेताले उम्मेदवारी दावी गरेका छन्। पार्टीभित्रको छलफल तथा प्रक्रियापछि तीमध्ये एक जनाले नाम फिर्ता लिएसँगै १० जनाको दावी रहेको छ।

उम्मेदवारी दावी गर्ने नेताहरूमा कान्छामान तामाङ (रक्तिम),  रकेश लामा,  केशव बडाल, टुल्कु लामा, दीपक चौलागाईं,  रामहरि सुवेदी,  कुलचन्द्र अधिकारी, नबिना लामा,  रेशम लामा,  अमित लामा र  चन्द्र लामा रहेका थिए।

उम्मेदवारी दावी गरिएकामध्ये केशव बडालले आफ्नो नाम फिर्ता लिनुभएको  स्रोतले जनाएको छ। उम्मेदवारी दावी गर्नेहरु मध्यमा कान्छामान लामा (रक्तिम) ले वैचारिक समुहकाे नेतृत्व गर्दै आफ्नो उमेदवारी काया रहने जिकिर गर्नु भयो ।

पार्टीले क्षेत्रीय सन्तुलन, संगठनात्मक योगदान, लोकप्रियता र निर्वाचन जित्ने सम्भावनाका आधारमा अन्तिम उम्मेदवार चयन गर्ने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *