समाचार
काभ्रेपलाञ्चोकको बन्देउ जंगलमा तपस्यारत तपस्वी भेटिए

२०८२पुस १६ बुधबार
काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाको वडा नम्बर ८ बन्देउस्थित जंगल क्षेत्रमा एक जना तपस्वी तपस्यारत अवस्थामा काभ्रेपलाञ्चोकको बन्देउ जंगलमा तपस्यारत तपस्वी भेटिए छन्। मंगलबार स्थानीयवासीले उनलाई देखेपछि खबर सार्वजनिक भएको हो।
तपस्वि सर्लाही जिल्लाबाट दाेलालघाट हुँदै बन्देउ आइपुगेको बुझिएको छ। छेन्दुप लामा नामका ती तपस्वी हाल इन्द्रावती नदी किनार नजिक, दाेलालघाटबाट केही माथिल्लो भू–भागमा तपस्यारत अवस्थामा रहेका छन्।
उनका बारेमा जानकारी पाएपछि भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भूजेल स्वयं तपस्यारत स्थलमा पुगेर निरीक्षण गरेका छन्। तपस्वीको अवस्था तथा बसोबासको परिस्थितिबारे बुझ्न आफू त्यहाँ पुगेको अध्यक्ष भूजेलले जानकारी दिनुभयो।
तपस्यारत लामाको सुरक्षा तथा सम्भावित जोखिम न्यूनीकरणका लागि प्रहरीलाई समेत खबर गरिएको अध्यक्ष भूजेलले बताउनुभयो। स्थानीय प्रशासन र सुरक्षानिकायको समन्वयमा आवश्यक सतर्कता अपनाइएको जनाइएको छ।

