समाचार

ढुङ्गा खानिमा गएको पहिराेमा पुरिएर एककाे मृत्यु

२०८२ पुस ९ बुधबार
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–१२ मा सञ्चालित रोशी रोडा ढुङ्गा तथा क्रसर उद्योगमा गएको पहिरोमा परेर डोजर अपरेटर राम तिमल्सिनाको मृत्यु भएको छ।

खानिखोला–२ घर भई पनौती–९ बस्दै आएका तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा पनौती–१२ का ईश्वर गुरुङ घाइते भएका छन् भने सञ्जय भुजेल भागेर ज्यान बचाउन सफल भएका छन्।

घाइते गुरुङलाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल पठाइएको छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान गरिरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *