समाचार

नेकपा एस धुलिखेल नगर पार्टी कमिटी पुनर्गठन

 

कार्तिक १०, साेमबार २०८२

काभ्रेपलान्चोक । नेकपा एकीकृत समाजवादी धुलिखेल नगर पार्टी कमिटीको पुनर्गठन गरिएको छ। पुनर्गठन कार्यक्रममा पार्टीका इन्चार्ज हरिगोपाल प्रधानाङ्ग प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो ।

नवगठित समितिको अध्यक्षमा यादव कोइराला चयन हुनु भएको छ। समितिमा कुल ४१ जना सदस्य रहेका छन्।

कार्यक्रमले आगामी ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ। साथै, पार्टीको दैनिक कार्य सञ्चालनका लागि ५ सदस्यीय कार्यव्यवस्था समिति गठन गरिएको छ।

पुनर्गठन पश्चात् पार्टी नेतृत्वले संगठन सुदृढीकरण र आगामी राजनीतिक गतिविधि सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *