समाचार

`दिनमा पनि रातमा पनि´ भन्दै  धुर्कापानी

साउन १८ आइतबार ,२०८२
काठमाडौ । डा. तारानाथ घिमिरे “धुर्कापानी” को गीति सिर्जना “दिनमा पनि रातमा पनि” आज राजधानीमा सार्वजनिकीकरण गरिएको छ । वरिष्ठ कवि डा. नवराज लम्सालले प्रमुख अतिथिको रूपमा एक समारोहका बिच सो गीति सिर्जना सार्वजनिकीकरण गर्नु भएको हो । गीति सिर्जना “दिनमा पनि रातमा पनि” लाई वरिष्ठ गायक तथा सङ्गीतकार बिष्णु अधिकारीले स्वर र सङ्गीत भर्नु भएको छ ।

सार्वजनिकीकरण कार्यक्रमलाई संवोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्य स्रष्टा डा. नवराज लम्सालले यस गीतले सुगम सङ्गीतको क्षेत्रमा एक महत्वपूर्ण योगदान थप्ने बताउँनु हुँदै हाल गीत सिर्जना गर्ने सर्जकहरू गीतकार तथा सङ्गीतकारहरूले कति दुःख तथा मेहनत गरेर गीत लेख्छन् र सङ्गीत भर्छन तर म्यूजिक कम्पनी तथा वितरक कम्पनीहरूले गीतलाई यूट्युवमा राख्ने बेलामा ती सर्जकहरूलाई ओझेलमा पारेर नाम समेत नराख्ने गरेको पीडा व्यक्त गर्नुभयो ।

यसै क्रममाः गीति सिर्जना “दिनमा पनि रातमा पनि” का बारेमा डा. गीता त्रिपाठीले सो गीत रचनाको विषयमा एक विश्लेषणात्मक धारणा प्रश्तुत गर्नुभयो भने वरिष्ठ सङ्गीतकार राजु सिंहले सोही गीतमा भरिएको सङ्गीतका बारेमा विश्लेषण गर्नुभयो । यसैगरी वरिष्ठ गायक तथा सङ्गीतकार बिष्णु अधिकारीले सो गीतको सङ्गीत भर्ने तथा गायनका बेला भएका अनुभूति प्रश्तुत गर्नुभयो ।
सोही समारोहमा सुगम सङ्गीतलाई योगदान गर्ने उद्धेश्यले “सुगम सङ्गीत ः आस्था र अवस्था” बिषयक अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको थियो । अन्तरक्रियामा अनुसन्धाता तथा चिन्तक डा. बिष्णु दाहालले सुगम सङ्गीत प्रति मानिसहरूको आस्था तथा अहिलेको वर्तमान अवस्थामा सुगम सङ्गीतको अवस्था कस्तो रहेको छ भन्ने संदर्भमा एक प्रवचन प्रश्तुत गर्नुभयो ।

डी.आर. सिर्जना संसारको आयोजनामा सम्पन्न यस कार्यक्रमलाई साहित्य स्रष्टा डा. हेम भण्डारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा गीत, सङ्गीत क्षेत्रका बरिष्ठ सर्जक तथा साहित्य प्रति अनुराग राख्ने व्यक्तिहरू, डाक्टर तथा प्राध्यापक लगायत विशिष्ठ व्यक्तिहरूको बाक्लो उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *