समाचार

पिसाब फेर्दाको विवादमा तीन जना घाइते, दमकमा झडप

श्रावण १२ साेमबार ,२०८२
डिकन्द्र बस्नेत
दमक । झापाको दमकमा पिसाब फेरेको विषयलाई लिएर भएको विवाद हिंसात्मक झडपमा परिणत हुँदा तीन जना घाइते भएका छन्।

गत राति करिब १०:३० बजे दमक–२ बस्ने समिर तामाङको घर अगाडि दमक–३ का २६ वर्षीय सुरज क्षेत्री, १८ वर्षीय आदित्य लिम्बूसहित ३/४ जना हावा खाँदै बसिरहेका थिए। सोही क्रममा को १ ज ३५६५ नम्बरको म्याजिक गाडीमा आएका चालक तथा दमक–२ निवासी ३६ वर्षीय निरज बानियासहितका युवाहरुले त्यही घरअगाडि फर्केर पिसाब फेरेपछि त्यहाँ बसिरहेका युवाहरूसँग विवाद भएको प्रहरीले जनाएको छ।

अपशब्द प्रयोगपछि सुरु भएको भनाभन झगडामा परिणत हुँदा सुरज क्षेत्री, आदित्य लिम्बू र निरज बानिया घाइते भएका छन्। झडपमा सुरजको दाहिने हातमा र आदित्यको दाहिने खुट्टामा चोट लागेको छ। उनीहरूको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

यता, म्याजिक चालक निरज बानियाको टाउको, अनुहार र दुबै घुँडामा चोट लागेको र उनको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

विवादका सम्बन्धमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *