समाचार
रेडक्रसले नागरिककाे उद्दार र स्वास्थ्यमा ठुलो याेगदान गरेको छ- मुख्य मन्त्री लामा

असार ७ शनिबार ,२०८२
काभ्रेपलान्चोक । बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले नेपाल रेडक्रस सोसाइटी मानवीय सेवाकाे अभिन्न अंग भएकाे बताउनु भएको छ। आज काठमाडौ विश्वविद्यलय धुलिखेलमा आयाेजित बागमती प्रदेशको छैठौं प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस शिविरको उदघानमा बाेल्दै लामाले यस्तो बताउनुभएको हो ।
रेडक्रस नामकाे संस्थाकाे आफ्नो सात सिद्धान्त रहेको र यसलाई अंगिकार गर्दै अगाडि बढनाले सफलता मिल्ने बताउनु भयो । विद्यालयस्तरबाट रेडक्रसको भावना अगाडि बढाउन जुनियर तथा युवा रेडक्रस शिविरले ठूलो महत्व राख्ने उहाँको भनाइ थियो ।विपदकाे समयमा रेडक्रस गरेको कार्यकाे प्रशंसा गर्दै लामाले नागरिकको उद्धार तथा स्वास्थ्य क्षेत्रमा पुर्याएकाे सहयोग सर्हानिय रहेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी वागमती प्रदेशको आयोजनामा काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको सभाहलमा शनिबार छैठौं प्रदेशस्तरिय जुनियर तथा युवा रेडक्रस शिविर सम्पन्न भएको छ। बहादुरसिंह लामाले कार्यक्रमको उद्घाटन गर्नुभएकाे थियो । कार्यक्रममा प्रदेशभरका विभिन्न जिल्लाका युवा रेडक्रसकर्मीलगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
