समाचार

न्यायपालिका अधिकृत समाजकाे अध्यक्षमा अच्युत कुँइकेल

जेष्ठ २० मंगलबार ,२०८२
काठमाडौ । न्यायपालिका अधिकृत समाजकाे अध्यक्षमा अच्युत कुइकेल चयन हुनु भएको छ। काठमाडौमा भएको पाँचौ साधरण सभाले कुइकेलकाे नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा निराजन पाण्डे र शारदा फूयाल ,महासचिव अविधान सापकोटा ,सचिव वीरेन्द्र बस्नेत ,काेषाध्यक्षमा प्रकाश सुवेदीलाई चयन गरिएको छ।

यस्तै सदस्यहरुमा क्रमश: नरेश कार्की ,देवराज दाहाल ,रेवती प्रसाद पराजुली ,उर्मिला भट्टराई ,कविता दाहाल ,तेज बहादुर राई,मुस्ताफ अहमद खान ,चक्र बहादुर रसाइली सुनार रहनु भएको छ। साथै भेलाले सात प्रदेशबाट एक एक जना प्रदेश सदस्य पनि चषन गरेको छ।

कुइकेल लामाे समयदेखि न्याय पालिकामा सेवारत हुनुहुन्छ । उहाँले देशका विभिन्न जिल्लामा रहेर कार्यसम्पाद गरिसक्नु भएको छ। कुइकेल हाल सर्बोच्च अदालतकाे रजिस्टार हुनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *