समाचार
भूम्लु `पूर्ण खाेप सुनिश्चित´र सर्वाधिक रक्तदाता पालिका, उदाहरणीय कार्यमा दरिलाे बन्दै

बैशाख२३ मंगलबार ,२०८१
काभ्रेपलान्चोक । भुम्लु गाउँपालिकाको `पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घाेषणा भएको छ। आज भुम्लु गाँउपालिकाकाे सल्लेमा आयाेजित एक कार्यक्रम बीच पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना पालिका घाेषणा गरिएको हो।
जिल्लामा यस अधि नमाेबुद्द नगरपालिका पहिलो पूर्ण खाेप सुनिश्चित पालिका घाेषणा भएको थियो । साथै रेडक्रस साेसाइटि काभ्रेको सहयोगमा रक्तदान पनि गरिएको छ।
जिल्ला खोप समन्वय समिति प्रमुख श्री दिपक कुमार गौतमले प्रमानपत्र प्रदान गर्दै पूर्ण खाेप सुनिश्चित पालिका भएको घाेषणा गर्नु भएको थियो । कार्यक्रमकाे सभाध्यक्ष गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल, विशिष्ट अतिथि उपाध्यक्ष श्री जितेन्द्रमान तामाङ विशेष अतिथि जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख श्री रागीश्री कक्षपति घोषणा सभामा उपस्थित रहनु भएको थियो ।
कार्यक्रममा बक्ताहरुले आ आफ्नो मन्तब्य राख्नु भएको थियो । उक्त सभामा पालिका भित्रका स्वयंसेवक ,स्वास्थ कर्मिहरु, स्थानीय नागरिकहरुकाे बाक्लो सहभागी रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी भुम्लु तदर्थ समितिको सम्मन्वय र भुम्लु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा ८७ जनाले रक्तदान गरेका थिए। उक्त रक्तदान कार्यक्रमकाे संयाेजन नेपाल रेडक्रस सोसाइटी प्राविधिक सहयोगमा भएको हो । साे पालिकाकाे स्वास्थ शाखा विगत १ वर्षमा सर्वाधिक रक्तदाताहरुबाट रक्तदान गराउने पालिका भएको नेपाल रेडक्रस साेसाइटी काभ्रे शाखाका काेषाध्यक्ष प्रेम लामाले टुकी नेटवर्कलाई जानकारी दिनु भयो । कार्यक्रममा प्रमुख र उपप्रमुखले पनि रक्तदान गर्नु भएको थियो ।