समाचार

नागार्जुनकाे नियमित काब्यगाेष्ठी,स्रष्टा विशेष रेणुका भट्टराई

बैशाख२० शनिबार ,२०८१
काठमाडौ । नागार्जुन वाङ्मय प्रतिष्ठानले बैशाख महिनाकाे नियमित` काव्य गाेष्ठी´गरेकाे छ।प्रतिष्ठानले आज(शनिबार)काठमाडौकाेेेेेेेेे बागबजारमा`स्रष्टा विशेष,वाचित रचनाकाे समिक्षा र सम्मान´ कार्यक्रम गरेको हो ।

प्रतिष्ठानले यस पटक स्रष्टा विशेषमा पत्रकार तथा झ्याउरे छन्द कवि रेणुका भट्टराईलाई स्थान दिएको छ। कवि पूर्ण विरामका कविता वाचन र उत्कृष्ट बाचकलाई पुरस्कार प्रदानका लागि पूर्ण विरामले पहल गर्नु भएको छ। साे विधामा प्रत्येक महिना तीन बाचक मध्य एक प्रतिभालाई १ हजार नगद पुरस्कार प्रदान गरिने छ।

सुप्रभात काव्य गाेष्ठीकाे प्रमुख अतिथिमा प्राध्यापक विधान आचार्य रहनु भएको थियो भने स्रष्टाकाे रचना माथिका समिक्ष गर्ने जिम्मेवारी डाक्टर कृष्ण सुवेदी (भारद्वज मित्र) ले पाउनु भएको थियो । कार्यक्रम प्रमुख अतिथि ,अतिथि , समालोचक , विशेष स्रष्टा र पूर्ण विरामकाे कविता बाचकलाई पनि सम्मान गरिएको थियो ।

नागार्जुन वाङमय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले अध्यक्षता गर्नु भएको कार्यक्रममा महासचिव युवराज नास्तिकले कार्यक्रम संचालन गर्नु भएको थियो । उपस्थित कवि तथा साहित्यकारहरुले आ-आफ्ना रचना बाचन गरेका थिए ।साथै स्रष्टाकाे कविता र हाइकु माथि डाक्टर कृष्ण सुवेदी र अन्य रचना माथि प्रमुख अतिथि आचार्यले समीक्षा गर्नु भएको थियो ।

कार्यक्रममा प्रकास सिलवाल,गंगा खतिवडा ,चेवन बस्नेत ,प्रमाेद स्नेही,कृष्ण प्रसाद पौडेल ,रक्तिम लामा ,डिल्लीराम अर्याल,राजबाबु श्रेष्ठ ,दिनेश खरेल, केशब घिमिरे ,बलराम विष्ट माधब घिमिरे अटल , शुशिला शर्मा, शशी श्री आचार्य , लक्ष्मण देव पाण्डे , अल्फिन फाेहेन,शिवहरी पाण्डे, कुलराज घिमिरे ,विके अर्याल,लिलाराज दाहाल , लव खडका, नवीन पल्लव ,गाेपालकृष्ण अधिकारी ,संजय साेति ,सरस्वती काफ्लेले रचना बाचन गर्नु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *