समाचार
`स्वराेजगार मुलक तालिम ड्राइभिङ´बाट ३२ जना लाभान्वित

बैशाख २साेमबार ,२०८२
काभ्रेपलान्चोक । जिल्लाकाे भुम्लु गाँउपालिकाले युवाहरु लक्षित स्वराेजगार, सीप मुलक तालिम ड्राइभिङ प्रशिक्षण काेर्स पूरा गरेकाे छ।
भुम्लु गाउँपालिकाले बनेपामा रहेको` बि एम के ड्राइभिङ´ स्कुललाई प्रशिक्षणकाे जिम्मेवारी दिएको थियो । गाउँपालिकाले १३ वटा वडा कार्यालय मार्फत निवेदन परेका निवेदकहरुलाई प्रशिक्षणमा सहभागी गराएको थियो । साे प्रशिक्षण गरिबी निवारणका लागि लघुबित्त उद्यम विकास कार्यक्रम( मिडपा) अन्तर्गत उक्त तालिम संचालन गरिएको हो ।
आइतबार बि एम के ड्राइभिङ स्कुलमा एक कार्यक्रम बीच ड्राइभिङ प्रशिक्षणकाे समापन कार्यक्रम गरिएको थियो।प्रशिक्षणमा सहभागी मध्य १८ जनाले तालिम पश्चात् लाइसेन्स प्राप्त गरिसकेका छन् ।
सीप सिकेर उपलब्धि हासिल गरेका प्रशिक्षार्थिहरुलाई धन्यवाद दिदै गाउँपालिका अध्यक्ष प्रेम बहादुर भूजेलले युवाहरुलाई स्वराेजगार मार्फत आत्मानिर्भरताकाे बाटाेमा हिडाउने उदेश्यले यो योजना ल्याइएको बताउनु भयो । उहाँले भन्नुभयो,` स्वराेजगार हाम्रो मुल उदेश्य हो । युवालाई आत्मनिर्भर बनाइ, सबल र मजबुत अर्थतन्त्रमा यो कार्यक्रमले सहयोग पुग्ने अध्यक्ष भूजेलले विश्वास व्यक्त गर्नु भयो ।
बि.एम.के स्कुलका निर्देशनक रुपेश काफ्लेका अनुसार ड्राइभिङ तालिममा ३२ जनाले नियमित कक्षा लिएका थिए। २५ दिन सम्म चलेकाे प्रशिक्षण `नेपाल सरकार यातायात ब्यवस्था विभाग´काे मापदण्ड अनुरुप प्रशिक्षार्थिहरुलाई सभ्य र दक्ष बनाउन सफल भएको छ। १८ जनाले लाइसेन्स परीक्षा उतिर्ण गरिसकेका छन् भने बाँकी प्रशिक्षार्थिले छिट्टै परीक्षा दिने छन् । उनिहरुकाे निवेदन हालिसकिएकाे छ। अब परिक्षाकाे मिति ताेकिएर आउँछ। त्यसपछि हामि, हाम्रै निगरानीमा विद्यार्थीलाई ड्राइभिङ लाइसेन्सकाे परीक्षा दिन लगाउने छौ ।´ निर्देशक काफ्लेले भन्नू भयो ।


