समाचार
आदिवासी जनजाति महासंघ बागमती प्रदेश अध्यक्षमा प्रेम लामा

चैत २५ साेमबार, २०८१
काठमाडौँ। नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेश कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
आइतबार सम्पन्न भेलाले राजाराम स्याङतानको अध्यक्षता एवं पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो। भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टीको स्थायी कमिटी तथा मोर्चा उपप्रमुख बलराम बास्कोटा, महासंघ इन्चार्ज पासाङ शेर्पालगायत केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो।
भेलाले अध्यक्षमा प्रेम लामा, उपाध्यक्षमा शेरबहादुर लामा, उपाध्यक्ष रिना लामा र सचिवमा विकास श्रेष्ठ, उपसचिव अभिषेक बल र दिपक श्रेष्ठलाई चयन गरेको छ। त्यस्तै कोषाध्यक्षमा रविन तमाङलाई चयन गरेको भेलाले ५५ सदस्सीय कमिटी चयन गरेको छ

