समाचार

व्याङ्ग कविता :- कम्युनिस्टकाे स्वर्ग नगरीकाे म

` कम्युनिष्टकाे स्वर्ग नगरीकाे म´
म कम्युनिष्टकाे स्वर्ग नगरीमा छु
साँध मिच्नेहरू टाेल कमिटिमा छन्
ठूलाे स्वर भएकाहरू अनुशासन आयाेगमा छन्
वलात्कारिहरू महिला आयाेगमा छन्
भ्रष्टाचारीहरू वित्तीय आयाेगमा छन्
ज्यानमाराहरू सुरक्षा आयाेगमा छन्
छन् अन्याय र अत्याचारका बिम्बहरू पदमा
म कम्युनिस्टहरूकाे स्वर्ग नगरीमा छु ।

उ आफ्नाकै विकासमा तल्लीनमा छ र
क्रान्तिकारी अभियानको  अग्रणी माेर्चामा छ
उ श्रमजीवी बर्गलाई शाेषण गर्नसक्छ र
गाउँ टाेलमा चिरपरिचित अभियान्ता बनेकाे छ
उ यथार्थतलाई गलत लेख्न सक्छ र
याेजनाकाे उत्कृष्ट लेखाअधिकृत पुरष्कृत छ
उ माओकाे काेटमा स्टालिनकाे टाई लगाउँछ र
सर्वमान्य, सर्वनाम बनेकाे छ
म कम्युनिस्टहरूकाे स्वर्ग नगरीमा छु ।

राणाकाे पालामा राणाकाे उ
पञ्चकाे पालामा पञ्चकाे उ
राजाकाे पालामा राजाकाे उ
पार्टी बन्दा पार्टीको  उ
गाउँ पञ्चायतमा उ
गाउँ विकाशमा उ
गाउँपालिकामा उ
नगरपालिकामा उ
संघ र प्रदेशमा उ
यतिधेरै अनुभव र क्षमता
यतिधेरै अवस्था र व्यवस्था
बुझ्ने- बुझाउने, सुन्ने सुनाउने
नियमन र याेजना बुन्ने
म कम्युनिस्ट नगरीमा छु।

रचना :- कमल कुईकेल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *