समाचार
दोस्रो विश्वयुद्धकालीन २५० किलोकाे बम नदीमा विस्फोट गरी नष्ट गरियाे
एजेन्सी । जर्मनीको फ्र्याङ्कफर्टस्थित नदीमा दोस्रो विश्वयुद्धकालीन एउटा बम विस्फोट गराइएको छ। आइतबार उक्त बम विस्फोट गराइएको हो । सिएनएनका अनुसार २५० किलो उक्त बम शुक्रबार फ्रान्सफर्टको मुख्य नदीमा राइनको प्रान्तमा निष्क्रिय पारिएको थियो । अग्निनियन्त्रकहरूसँग गोताखोरहरूले नियमित अभ्यास गर्ने क्रममा उक्त बम मंगलबार फेला परेकाे थियाे । राइनको प्रान्तमा निष्क्रिय पारिएको थियो । अग्निनियन्त्रकहरूसँग गोताखोरहरूले नियमित अभ्यास गर्ने क्रममा उक्त बम फेला परेकाे थियाे । आइतबार विशेषज्ञहरूले उक्त बमलाई विस्फोट गराउनअघि करिब छ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। विस्फोटनपछि गोताखोरहरूलाई पानीभित्र गएर बम निष्क्रिय भए नभएको जाँचेका थिए। फ्रैंकफर्ट मेयरले एक ट्विट गर्दै सबै स्वयंसेवकहरुलाई धन्यवाद दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, “म उनीहरूकाे स्वयंसेवकता, बम निक्रिया पार्नकाे लागि गरेकाेप्रति सबैलाई धन्यवाद दिन चाहन्छु – र आफ्नो निवास छाडेर उक्त कार्यकाे लागि सहयाेग र धैर्य गरेका लागि आभार प्रकट गर्दछु ।

जर्मनीमा बम र युद्धका अरू अस्त्रहरू फेला परिरहनु असामान्य चाहिँ होइन।गत वर्ष जर्मन प्रहरीले मध्य बर्लिनमा दोस्रो विश्वयुद्धकालीन एउटा बम निष्क्रिय पारेका थिए। बम निष्क्रिय पार्नुअघि १० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

