समाचार
काभ्रे कृषि महाेत्सवमा राष्ट्रपतिदेखि राजदूतसम्म

माघ २७ शनिबार ,२०८०
काभ्रेपलान्चोक । बृहत काभ्रे कृषि महाेत्सव २०८०” काे सम्माननिय राष्ट्रपति देखि राजदुत सम्मले अवलोकन गर्ने भएका छन् । फाल्गुन ४ गते देखि सुरु हुने महाेत्सवकाे राष्ट्रपति रामचन्द्र पौडेलद्वारा समउदघाटन गर्ने कार्यक्रम रहेको छ।
कृषिमा आत्मानिर्भर भनेर चिनिएको जिल्ला काभ्रेमा ” बृहत काभ्रे कृषि महाेत्सव” हुने भएको हो । महाेत्सवकाे सम्पुर्ण तयारी भइरहेको मुल आयाेजक समाराेह समिति (कृषि ज्ञान केन्द्र )सचिवालयले जानकारी गराएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहनुहुने महाेत्सवमा संघीय सरकारका मन्त्री ,सांसद , बागमती प्रदेशका मुख्यमन्त्री , मन्त्री तथा सांसदहरु, छिमेकी देशका राजदूत तथा प्रतिनिधिहरु सहभागी रहने बताइएको छ।
महाेत्सवलाई भव्य र सभ्य बनाउन जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय तथा कार्यालय प्रमुख , १३ वटै स्थानीय निकाएका जनप्रतिनिधिहरु , कृषिसँग सराेकार राख्ने सम्वन्धित पक्ष सबैलाई विशेष अब्हान गरिएको छ।
महाेत्सव मुल आयाेजक समितिका संयाेजक दिपक कुमार गौतमका अनुसार चार दिन सम्म चल्ने महाेत्सवकाे अवलोकन गरिदिन गाँउपालिका महासंघ मार्फत देश भरिका ७५३ पालिकाहरुलाई निमन्त्रणा गरिनुका साथै ७७ वटै जिल्ला समन्वय समितिका प्रमुखहरुलाई पनि सहभागीता जनाइदिनु हुन अनुराेध गरिएको छ।
उहाँका अनुसार पाहुनाहरुलाई काभ्रेमा ल्याउन सके हामीले गरेकाे कामकाे देशव्यापि प्रचार हुने छ र, अरुले पनि हामिबाट केही नयाँ कुरा सिक्ने मौका पाउने छन् । एक १ लाख जनाले मेला अवलाेकन गर्ने विश्वास लिएकाे भन्दै उहाँले यो मेलामा काभ्रेका ५०प्रतिसत किसानले आर्थिक लाभ लिने बताउनु भयो ।
