समाचार

आर्थिक र सामाजिक रुपान्तरण नभई महिला मुक्ति सम्भब छैन :- सांसद शाह

फागुन २४ शनिबार ,२०८१
काभ्रेपलान्चोक । राष्ट्रिय सभा सदस्य गरिमा शाहले महिला उत्थान र विकासकाे निम्ति उनीहरु आर्थिक रुपमा सबल र रुपान्तरीत नभएसम्म जति सुकै परिवर्तनको कुरा गरे पनि सम्भव नहुने बताउनु भएको छ। आज ११५ अौ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अबसरमा टुकी नेटवर्कसँग कुरा गर्दै शाहले नेपाली समाजमा हालकाे अबस्थामा उठने गरेका महिलाको समस्या ,सामाजिक समस्य भएको बताउनु भएको हो ।
विश्वमा महिलाहरूकाे परिवर्तनका निम्ति क्लारा जेट,जाे आफै महिला हुनुहुन्थाे उहाँको नेतृत्वमा श्रमिक महिलाहरुकाे मुक्तिकाे आवाज बुलन्द पार्ने कामकाे सुरुवात भएको थियो । नेकपा एकीकृत समाजवादीकी उपमहासचिव समेत रहनु भएकी शाहले यो दिवस मनाउनुकाे उदेश्य र महत्त्व बारे प्रष्ट पार्दै भन्नुभयो,`आज मार्च ८ तारिखका दिन विश्व भरी नै यो दिवस मनाइन्छ । महिलाहरु भेला भएर विचार गाेष्ठी, छलफल र अन्तरक्रिया गरिन्छ । विशेषत: इतिहासमा महिला नेताहरुले यो आन्दोलनमा खेल्नु भएको भूमिका प्रतीती सम्मान ब्यक्त गर्ने, उहाँहरुकाे स्मरण गर्ने गरिन्छ।´यसबाट नयाँ कुरा सिकेर नेपाली महिला आन्दोलनकाे इतिहासलाई सम्बृद्द बनाउन सहयोग मिलेकाे उहाँको स्विकाराेक्ति छ।

नेपालकाे सन्दर्भमा ७२ सालकाे संविधानले नै महिलाको अधिकार सुनिश्चित गरिसके छ। राज्यका हरेक तहमा ३३ प्रतिशत समानुपातिक समाबेशीताकाे सिद्धान्तले महिलालाई अगाडि बढन सहयोग पुगेकाे शाहकाे अनुभव छ। राज्यका हरेक क्षेत्रमा महिला प्रतिनिधित्व सुनिश्चित गरेका कारण नेपालमा न्यायपालिका ,व्यवस्थापिका र कार्यपालिकामा महिलाले नेतृत्व पाइसकेका छन् । अन्य क्षेत्र निजामती , स्वास्थ ,सेना, प्रहरी आदिमा पनि महिला सहभागी राम्रो रहेको शाहले धारण ब्यक्त गर्नु भएको थियो ।

राजनीतिक रुपमा केही पद प्राप्त भयो भन्दैमा महिलाका समस्या हल भए त? भन्ने प्रश्नमा शाह भन्नु हुन्छ,` जबसम्म आर्थिक र सामाजिक रुपान्तरण गर्ने तर्फ महिलालाई लान सकिदैन तबसम्म परिवर्तन नहुन सक्छ।´ महिलालाई उत्पादन र ब्यवसायसँग जाेडेर लैजान सकिदैन भने महिला मुक्तिकाे सपना पूरा नहुने उहाँको तर्क छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *