समाचार
विगत २४ वर्षदेखि निरन्तर शैक्षिक सेवामा लिन इन्टरनेशनल स्कुल

फागुन २० मंगलबार ,२०८१
काभ्रेपलान्चोक । विगत लामाे समयदेखि शिक्षाकाे क्षेत्रमा याेगदान गर्दै आएको बनेपा स्थित` लिन इन्टरनेशनल स्कुल´ले आफ्नो वार्षिकोत्सब मनाएको छ। विद्यालय स्थापनाकाे २४ अौ दिवसकाे अबसर पारेर वार्षिकोत्सब तथा अभिभावक दिवस मनाइएकाे हो ।
काभ्रे जिल्लाकाे शैक्षिक क्षेत्रमा लिन स्कुलकाे छुट्टै परिचय रहेको छ। विद्यालयले आजसम्म थुप्रै सक्षम, इमानदार र जेहेन्दार विद्यार्थी उत्पादन गरि सकेको छ। लिन स्कुलमा अध्यायन गरेका विद्यार्थीहरु आज पनि देशका विभिन्न महत्त्वपूर्ण जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरिरहेका छन् । साथै विदेशमा पनि उच्च शिक्षा लिइरहेका छन् । विद्यालयले थुप्रै प्रतिभाहरु उत्पादन गरिसकेकाे छ।
विद्यालयकाे वार्षिकोत्सब कार्यक्रममा प्याप्सनका केन्द्रीय महासचिव भिमसेन के शी प्रमुख अतिथि रहनु भएको थियो । अन्य अतिथिहरुमा प्याप्सनका काभ्रे जिल्ला अध्यक्ष र अखिल नेपाल शिक्षक संगठन नेपालका अध्यक्ष चेत लामाकाे उपस्थिति थियो ।
साेमबार विद्यालयकाे प्राङ्गणमा गरिएको कार्यक्रममा उक्त विद्यालयका निर्देशक शिशिर भण्डारीले कार्यक्रमकाे अध्यक्षता गर्नु भएको थियो ,भने प्रिन्सिपल श्रीकृष्ण श्रेष्ठ सम्बाेधन मार्फत अतिथि लगायत उपस्थितहरुलाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा नृत्य , गीत, नाटक प्रस्तुत गरिनुका साथै खेल तर्फबाट तेक्वान्दो प्रदर्शन गरिएको थियो । प्ले ग्रुपदेखि कक्षा दससम्मका विद्यार्थीहरुले आ आफ्नो प्रतिभा प्रदर्शन गरि कार्यक्रमलाई थप राेचक र मनाेरञ्जनात्मक बनाएका थिए।
साेही अबसरमा गत वर्ष एसइइ पास आउट भएका १२ जना विद्यार्थी र तिनका अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो । विद्यालयका तर्फबाट जिल्ला स्तरिय नृत्य प्रतियाेगितामा प्रथम हुन सफल गु्पका विद्यार्थीहरुलाई पनि पुरस्कार प्रदान गरियाे ।
विद्यालयमा हुने हरेक गतिविधि तथा अतिरिक्त क्रियाकलाप ग्रिन हाउस प्रथम भएको थियो । प्रथम हुने हाउसकाे टिमलाई विद्यालयले ५० हजार नगद पुरस्कार प्रदान गरेकाे छ। यस वर्ष `वेष्ट अफ द टिचरकाे पुरस्कार प्रतिमा श्रेष्ठले पाउनु भएको थियो र ` वेष्ट अफ द गल्स एण्ड बाेइज´मा विजेता भाइ ,बहिनीले पनि पुरस्कृत हुने अबसर पाउनु भयाे। कार्यक्रमकाे उदघाेषण साेही विद्यालयका शिक्षक दिपक तामाङले गर्नु भएको थियो ।


