समाचार
हाइकु लेखक तथा कवि दिल पौडेलका ५ हाइकु

दिल पौडेल
(१)सङ्खु पर्वत
मणिचुरको श्रृंखला
सुन्दरीजल ।
(२)डाँडा चट्यान
चिसापानी भन्ज्याङ
तरुनी जाँड ।
(३) चिसा चुचुरा
सिम्सिमे पानी बतास
भट्टीमा गीत ।
(४)ध्याङमा भेटी
पानीघट्ट जमीन
अनकन्टर ।
(५)हिमालीकन्या
अधकल्चो हलुवा
आलुका फुल ।
