समाचार

`युवा सम्मेलन२०२५´ लक्ष्यित फुटसल प्रतियाेगिता बनेपामा हुने

माघ३ बिहीबार ,२०८१
काभ्रेपलान्चोक । यहीँ आउदो २०८१ साल माघ १७ देखी १९ गते सम्म काभ्रेपलाञ्चोक जिल्लाकाे बनेपामा खुल्ला तथा अन्तर विद्यालय फुटसल प्रतियाेगिता हुने भएको छ। प्रतियाेगिता जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजनामा हुन लागेको हो ।
काभ्रे जिल्ला समन्वय समितिले आयाेजना गर्न लागेको `विश्व युवा महोत्सव २०२५´को प्रायोजनमा खुला तथा अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिता( Dcc cup )आयोजना हुन लागेको जिल्ला समन्वय समिति काभ्रेले जनाएको छ।

उक्त प्रतियाेगितामा भाग लिन इच्छुक प्रतिस्पर्धी तथा विद्यालयहरुले सहभागीताकाे निम्ति अपिल गरिएको छ।सहभागिताहरुले अनलाइन मार्फत टिम दर्ता गर्न सक्ने छन् । सहभागी टिम दर्ताकाे लागी wyf2025nepal.com वेवसाईटमा गई आफ्नो टिम दर्ता गर्न सक्नुहुनेछ। फुटसल प्रतियाेगिताकाे थप जानकारीको लिनकाे लागी ९७०९००६४०६ मा सिधै सम्पर्क गर्न सकिने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *