समाचार
नेकपा एस काभ्रेलाई सल्लाहकार कमिटीको सुझाव ,यस्ता छन्

पुस २९ साेमबार ,२०८१
काभ्रेपलान्चोक । नेकपा एकीकृत समाजवादी निकट सल्लाहकार कमिटी काभ्रेले जिल्ला पार्टीलाई विभिन्न सल्लाह ,सुझाव दिएको छ। सल्लाहकार कमिटीको बैठक बसेर निर्णय गरिएको हो
यस्ता छन् सुझाव तथा सल्लाहहरु
बैठकमा सल्लाहकार कमरेडहरू वुद्धसिंह थापा, धु्रवकुमार भण्डारी, रामेश्वर थापा, अर्जुनकुमार खरेल, रामहरी दाहाल, साधुराम लामिछाने, चित्रमान तामाङ, सानुकाजी सुदर्शनधारी, खुशहरी घिमिरे र गौरीनारायण श्रेष्ठले पार्टी संगठन निर्माण र परिचालन सम्बन्धमा आ–आफ्ना सल्लाह तथा सुझावहरू प्रस्तुत गर्नुभयो । मुख्य–मुख्य सुझाव तथा सिफारिसको सारसंक्षेप तपशील बमोजिम टिपोट गरी पठाइएको छ ।
क) पार्टी जिल्ला तथा मातहतका पालिका र वडा कमिटीहरू एवं जनवर्गीय संगठनका कमिटीहरू गतिशील र चलायमान देखिएका छैनन् । बैठक÷भेला÷प्रशिक्षण मार्फत मातहतका संगठनहरूलाई सक्रिय बनाउन केन्द्रीय नेता तथा जिल्ला पदाधिकारी कमरेडहरू स्वयं फिल्डमा खटिनुपर्ने तथा नेतृत्वले दौडधुप बढाउनुपर्ने ।
ख) २०७९ को स्थानीय तह तथा आम चुनावमा हाम्रो पार्टीलाई गठबन्धन गर्नुपर्ने बाध्यता त थियो तर विविध कारणले गठबन्धनको लाभ हामीले भन्दा गठबन्धनका अन्य दलहरूले लिए । फलतः हाम्रो पार्टीको जनाधार कमजोर हनुपुग्यो । पार्टी केन्द्रले आगामी २०८४ को चुनाव एक्लै लड्नेगरी तयारी गर्ने भनी लिएको निर्णय स्वागतयोग्य छ । यसको लागि तोकिएको आवधिक कार्यक्रममा आधारित राजनीति वा मौसमी राजनीतिले सम्भव देखिंदैन । जनताको सम्पर्कमा नियमित रहँने, भूगोलमै बस्ने तथा क्रियाशील कमरेडहरूलाई स्थापित गराउने रणनीति साथ जिल्ला पार्टीले सक्रियता बढाउनु पर्ने ।
ग) हाम्रो पार्टी भर्खरै निर्माणको चरणमा छ । सम्बन्धित कमिटीका आ–आफ्ना अधिवेशन वा सम्मेलनमा एउटै पदमा एकभन्दा बढी कमरेडहरू उम्मेदवार हुँदा उम्मेदवारको आ–आफ्नो पक्षमा मत विभाजन हुनुलाई स्वभाविक मान्न सकिन्छ । तर त्यसपछि पनि पार्टीभित्र समुहहरू देखापरे भने यसले पार्टीलाई कालान्तरमा पूmट, विभाजन र विघटनतर्फ लैजान्छ । त्यसैले गुटरहित एकतावद्ध पार्टी निर्माणमा जिल्ला नेतृत्व अडिग रहनपर्ने ।
घ) हाम्रो पार्टीको मेरुदण्ड संगठित सदस्यहरू हुन् । त्यसैले पुराना सदस्यहरूको नियमित नवीकरण र सुद्धिकरण तथा नयाँ सदस्यता विस्तारको लागि विशेष सदस्यता अभियान वा ‘सदस्यता शिविर’ सञ्चालन गर्नुपर्ने ।
ङ) सामाजिक संजालको अधिक प्रयोगले पार्टी कार्यकर्ताहरूमा दक्षिणपन्थी अवसरवाद र लोकप्रियतावाद हावी हुने सम्भावना रहन्छ । फलतः पार्टीपंक्ति विचार र सिद्धान्तबाट दिग्भ्रमित हुँदै जाने र अराजकताले स्थान लिने हुन्छ । त्यसैले पार्टी नीति र विचारतर्फ नेता कार्यकर्तालाई डो¥याइरहन जिल्ला, पालिका र वडातहसम्म पार्टीले निरन्तर प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गरिरहनुपर्ने ।
च) पार्टी निर्माण र पुनर्गठनको प्रारम्भिक चरणमा अन्य पार्टीमा आवद्ध तथा स्वतन्त्र नागरिकलाई हाम्रो पार्टीमा क्रमशः आवद्ध नगराई पार्टी विस्तार हुनसक्दैन । यसको लागि जिल्ला, पालिका र वडाका नेता कार्यकर्ताहरू सबै काभ्रेली नागरिकको सम्पर्कमा पुग्नुपर्दछ । समाजवादी बाटोमा किन लाग्ने. भन्ने स्पष्ट अपील सहित पार्टी नेता तथा कार्यकर्ता सम्पूर्ण काभ्रेली नागरिकको घर–घरमा पुग्नेगरी ‘‘घरदैलो अभियान’’ सञ्चालन गर्ने ।
छ) पार्टी नेता तथा कार्यकर्ताबीच निरन्तर सम्वाद र सम्पर्क नभएमा संगठित कार्यकर्ता समेत भ्रमवस अन्य पार्टीतिर आकर्षित हुन सक्दछन् । त्यसैले सबै कमिटीका नियमित बैठक, अगुवा कार्यकर्ता भेला तथा अन्य कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहनुपर्ने र नेतृत्वले कार्यकर्तासँग नियमित सम्पर्क गरिरहनुपर्ने ।
ज) पार्टी सदस्य संख्या बढाउन खास–खास समयमा विशेष अभियान पनि सञ्चलन गर्नुपर्दछ । हाललाई जिल्ला कमिटीमा संगठित कमरेडहरूलाई १५, पालिका कमिटीमा संगठित कमरेडहरूलाई १० र वडा कमिटीमा संगठित कमरेडहरूलाई ५ जनाको दरले २०८१ चैत्र मसान्तभित्र नयाँ संगठित सदस्यता थप्ने गरी पार्टीले लक्ष्य दिने ।
झ) कमिटी प्रणाली सँधै तदर्थवादमा चल्न सक्दैन । पार्टीको जिल्ला अधिवेशन सम्पन्न भएको लामो समय वितिसक्दा समेत पालिका, वडा र जनसंगठनका अधिवेशन÷सम्मेलन हुन सकेका छैनन् । त्यसैले २०८१ चैत्र मसान्तभित्र सबै तहका अधिवेशनहरू सम्पन्न गर्नेगरी कार्यतालिका बनाई लागू गर्ने ।

