समाचार

जिल्ला समन्वय समिती काभ्रेद्वारा स्थानीय तह र बिषयगत कार्यालयको वार्षिक समीक्षा

पुस२२ साेमबार, २०८१
काभ्रेपलान्चोक । जिल्ला स्थित स्थानीय तहहरु, संघीय र प्रादेशिक सरकारी,कार्यालयहरुकाे आर्थिक बर्ष २०८०/८१ र चालू आर्थिक बर्ष २०८१/८२ काे हालसम्मकाे बार्षिक प्रगती समीक्षा विवरण सार्वजनिक गरिएको छ। आज पनौती नगरपालिकाकाे व्यबस्थापनमा जिल्ला समन्वय समिति काभ्रेले उक्त कार्यक्रम आयाेजना गरे हो ।

जिल्लाका १३ स्थानीय तह, संघ र प्रदेशका ७८ वटा विभिन्न इकाई कार्यालयहरुकाे आर्थिक बर्ष र हालसम्मको,आर्थिक सुशासन, लिजा र एफआरए प्रगती कार्यालयले बुझाएको प्रतिवेदनकाे आधारमा विवरण प्रस्तुत गरिएको हो । साे समीक्षामा पालिका र कार्यालयकाे सबै रिपोर्टहरुलाई श्रब्य , दृष्य (भिडियो) मार्फत प्रस्तुत गरिएकाे थियो ।

स्थानीय तहहरुमा धुलिखेल र बनेपाले सरकारी मूल्यांकन पूरा गरेको र सरकारी कार्यालय मध्य काेष तथा लेखा नियन्त्रण कार्यालयले सन्ताेषजनक प्रगति गरेकाे तथ्यङकले देखाएको छ । लिजा र एफआरएकाे मुल्यांकनमा पहिलो हुने नगरपालिका धुलिखेल नगरपालिका हो । गाउँपालिकामा पहिलो हुने वेथानचोक गाउँ पालिकाले ८२ प्रतिशत मुल्यांकन पूरा गरेको छ।

पहिलोपटक श्रब्य, दृश्यमार्फत सार्वजनिक गरिएको प्रगति विवरण प्रस्तुत हुनु अगाडि कार्यक्रममा सम्बाेधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले पालिका र कार्यालयहरुले राम्रोसँग विवरण नपठाएकाेमा असन्तुष्टि ब्यक्त गर्नुभयो । उहाँले कतिपय कार्यालयहरुले विवरणहरु नपठाउँदा सम्पूर्ण विषय समेट्न नसकेकाले पुस मसान्तसम्मको विवरण उपलब्ध गराउन भन्नु भएको छ।

जिल्ला समन्वय समितिले प्रत्येक तीन/ तीन महिनामा प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदकाे कार्यालयमा पठाउनु पर्ने प्राब्धान छ। त्यसकाे आधारमा प्रदेशले मूल्यांकन निर्धारण गर्ने ब्यवस्था रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *