समाचार

डाक्टर विजय पौडेल पशुपतिमा, आन्दोलन चर्कन सक्ने

पुस२१ आइतबार ,२०८१
काठमाडौ । पशुपति विकास काेष समितिले ३७ जना कामदारलाई हाजिर नगराएर श्रम अदालतको आदेश उलंघन गरेको विषयमा सराेकारवाला निकायकाे ध्यानाकर्षण भएको छ। मजदुरकाे पक्षमा वकालत गर्दै आएका संगठनले यसकाे आवाज उठाउन थालेका छन् ।
नेकपा एकीकृत ट्रेड यूनियनले पशुपतिका पीडित श्रमिककाे समर्थनमा धर्ना दिएको छ। श्रमिकको आन्दोलनलाई ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य डाक्टर विजय पौडेल लगायत अन्य श्रमिक नेताहरू समेत  धर्ना स्थलमा पुगी श्रमिकहरूका समस्याहरूको सुनुवाइ र ऐक्यबद्धता जाहेर गरेका छन् ।

धर्नाको समर्थनमा रहेका एकीकृत ट्रेड युनियन महासंघको सचिव रबि केसीले पशुपति क्षेत्र विकास कोषले ४० जना सरसफाइको श्रमिक राखेको मध्ये महेश्वर राजवंशी, सन्तोष कार्की र तारा लामा ३ जनालाई मात्र नियुक्तिपत्र दिएको र अन्यलाई नदिएको जानकारी गराए । उनका अनुसार कोषले ३७ जना श्रमिकलाई गत वर्षदेखि नै बारम्बार दुःख दिएको बताए । पशुपति क्षेत्र विकास कोषबाट २०८१ को बैशाखसम्मको तलब नियमित रुपमा कोषकै नामबाट आइराखेकोमा गत जेठ र असारको तलब भने खुकुरी नेपाल नामक कम्पनीबाट एकैचोटी साउनमा आएपछि सो सम्बन्धमा श्रमिकहरु निवेदन दिन श्रम कार्यालय गएको केसीले बताए । 

केसीले भने, ‘श्रम कार्यालय गइसकेपछि फेरि यता कोषले गएको दशैंताका श्रमिकहरुको तलब हालिदिएन र उहाँहरु मिडियासामु गएपछि तलब हालिदियो । फेरि श्रमिकहरुलाई २०८१ को साउन, भदौ र असोजको तलब टीआरएफ भन्ने कम्पनीले हालिदियो ।’ यसरी विभिन्न कम्पनीमार्फत तलब हालिदिने, तलब दिन नखोज्ने, कामबाट निकाल्न खोज्ने वाहना कोषले बारम्बार गर्दै आएको उनले बताए । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *