समाचार

डढेलाे नियन्त्रण र राेकथामकाे लागि गाउँपालिकाकाे विषेश पहल

पुस १८ बिहीबार ,२०८१
काभ्रेपलान्चोक । हरेक वर्ष हिउँद महिनामा डढेलाेकाे मार भाेग्दै आएको भुम्लु गाउँपालिकाले, पालिकालाई डढेलाे मुक्त बनाउने प्रयास स्वरूप विभिन्न गतिविधि संचालन गर्ने भएको छ। पालिकाले आफ्नो योजनालाई बैठक मार्फत डढेलो मुक्त पलिका बनाउने निर्णय गरेको हो ।

डढेलाे नियन्त्रण र राेकथामकाे लागि रणनीति कार्य याेजना बनाइएको गाउँपालिका अध्यक्ष प्रेम बहादुर भूजेलले टुकी नेटवर्कलाई जानकारी दिनु भयो । उहाँले भन्नू भयो ,` गत वर्षहरुमा डढेलाे नियन्त्रण र राेकथामका लागि पालिकाले खासै याेजना नबनाएकाे र पुर्व तयारी पनि नगरिएकोले धेरै ठुलाे क्षति ब्याेहाेर्नु परेकाे थियो। सार्वजनिक वन क्षेत्र डढेलाेले सखाप पारेको थियो । वनमा लागेकाे आगाे गाउँ ,बस्तीसम्म आइपुग्दा नागरिकले कष्ट भाेग्नु पर्याे । मानवीय क्षति नभए पनि नागरिकका गाेठमा आगाे सल्किएर पशु ,चौपाया गुमाउनु परेको थियो ।´ यसपाली यस्तो नहाेस भनी हामी सचेत भएका छौ । उहाँको भनाइ थियो ।

पालिकाले बुँदा गत रुपमा महत्त्व १० वटा कुरालाई ध्यानमा राखेर रणनीतिक याेजना कार्यान्वयन गर्ने बताइएको छ। बुँदा नम्वर १.मा सामुदायिक वनका उपभोक्ताहरुलाई प्रशिक्षण दिइने छ भने बुँदा नम्बर २ देखि क्रम यि कार्यमा जाेड दिइने छ।

बुँदा नम्बर दुई देखि १० सम्मका बुँदा तल प्रस्तुत गरिएको छ।
२. डढेलो नियन्त्रणको लागी तालिम प्राप्त जनशक्ति परिचाल्न गरिने छ ।
३. डढेलो लगाउने ब्यक्तीलाई कडा कार्वाही गरिने छ र वन ऐन अनुसार कानुनी कार्वाही गरिने छ ।
डढेलो लगाउने ब्यक्तीको पहिचानको लागि सुराकी लगाई परिचालन गरिने छ । गोप्य सुचना गरी डढेलो लगाउने ब्यक्ती पत्ता लागाउन सहयोग गरेमा उचित पुरस्कार ब्यवस्था गरिने छ ।
४. जनचेतना अभियान संचालन गर्न निम्न जनसंगठन परिचालन गरिने छ ।
– बिध्यार्थीलाई प्रशिक्षण
– आमा समूह ,महिला समूह ,युवा क्लब ,विभिन्न सामाजिक संघ सस्था ,
– पालिकामा रहेका सबै प्रहरी चौकीका सुरक्षाकर्मीहरु
-सबै वडाका जनप्रतिनिधिहरु । समाजसेबी बुद्धिजिवीहरु ।
५.बाटो छेउका झाडी सुधार अभियान संचालन ।
६.अग्नि रेखा निर्माण ।
७. वन प्रवेश स्थलहरुमा आगलागिका संभावित बस्तु जस्तै चुरोट ,सलाइ लाइटर ,पेट्रोल, मट्टीतेल जस्ता बस्तुको खनतलासी गर्ने
८.स्थानीय मिडिया रेडियो एफ.एम.हरु मार्फत निरन्तर सूचना सन्देश प्रवाह गर्ने ।
९. संम्भाबित क्षेत्रमा सि. सि. क्यामेरा राखिने ।
१०.ड्रोन क्यामेरा प्रयोग गरि निगरानी गर्ने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *