समाचार

पनौती नगरपालिकाको नगर सभाको १६ ‌औैं अधिवेशन

पुस११ बिहीबार ,२०८१
काभ्रेपलान्चोक । काभ्रेको ऐतिहासिक तथा पुरातात्त्विक नगरी  पनौती नगरपालिकाकाे नगर सभाकाे  १६ अौ हिउँदे अधिवेशन आज सम्पन्न भएको छ। गत असाेजकाेे दाेस्राे साता गएको बाढी पहिराेपछिकाे यो पहिलो नगर अधिबेशन हो । यो अधिवेशनले वर्षातका कारण सिर्जना गरेको विषम परिस्थितिमा आर्थिक वर्ष २०८१/८२ काे विनियोजित बजेट माथि संशाेधन प्रस्ताव पेस गरेको थियो ।

अधिवेशनमा सहभागी नगर सभाका सदस्यहरुले उक्त संशाेधन प्रस्ताव सर्वसहमत अनुमाेदन गरेका छन् । साे सभा संचालन गरिरहनु भएका मेयर रामशरण भण्डारीले उपलब्ध गराउनु  भएको समयमा सभामा सहभागी सदस्यहरुले बाढी, पहिराे व्यवस्थापनमा नगरपालिकाले खासै चासाे नदिएको धारणा राखेका थिए ।

सदस्य सरिता अधिकारीले पनौती नगर अस्पताल संचालन हुन नसक्नुकाे कारण के हो भनी प्रश्न गर्नु भयो र विदप पछि चाेरीका घटना बढेकाले सिसि क्यामेरा जडान हुन बाँकी स्थानमा सिसि क्यामेरा जडान गरी सुरक्षाकाे प्रत्याभूति गराउन अनुराेध गरनु भयो ।

यस्तै वडा नम्बर ६का वडा सदस्य दिपक खडकले बाटो लगायतका संरचना निर्माणमा विशेषज्ञकाे सल्लाह र सुझावबाट लिएर बनाउन सुझाव दिनु भयो । यस्तै वडा ८ सदस्य राजेन्द्र के. सि.ले बाढी पहिराेले पुर्याएकाे क्षतिकाे बारेमा सराेकारवाला निकायमा सम्बाेधन नभएको भन्दै असन्तुष्टि राख्नु भएको थियो । उहाँले राेशी खाेलाकाे किनारामा आवास निर्माण गरिएको छ, त्यसको उचित व्यवस्थानमा जाेड दिनुका साथै विपदकाे समयमा नगरपालिकाबाट ९१ लाख बराबरको तेल खर्च भएको देखिएकाले त्यसको खर्च र भुक्तानिकाे पारदर्शिता  नभएको भन्दै अालाेचना गर्नु भयो  ।

सभामा उठेका प्रश्नकाे जवाफ दिदै मेयर भण्डारीले बाढी पहिराेमा नगर भित्र  ५८६ घर पूर्ण क्षति भएको , ११हजार ६ सय ३७ राेपनी खेतीयोग्य जमिन बगाएकाे ,१ कराेड ३४ लाख बराबरको धान बाली नष्ट हुनुका साथै तरकारी १ कराेड रकम हाराहारीमा क्षति हुन गएकाे विवरण संकलित तथ्यांक सुनाउनु भयो उहाँले फलफूल र तरकारी गरि २३ कराेड बराबरको क्षति भएको र पक्की सडक ११ किलाे मिटर भत्किएकाे र कच्चा सडक, नहर,पशु- चौपाय थुप्रै क्षति हुन पुगेकाे बताउनु भयो ।

संकलित विवरणकाे मात्रालाई मध्यनजर गर्दा मर्मत संहार र पूर्ननिर्माणमा स्थानीय सरकारकाे स्राेतले मात्रै निर्माण कार्य सम्भव नहुने देखिएकाले प्रदेश र संघीय सरकारलाई पूननिर्माणकाे निम्ति अपिल गरिएको जानकारी गराउनु भएको थियो । मेयर भण्डारीले पालिका भरिका कर्मचारीकाे विद्दुतिय हाजिर पूनसंचालन गरिने र राेशी तटिय क्षेत्र संरक्षणकाे लागि काभ्रे सेवा समाजकाे सहयोगमा जलाधार क्षेत्र घाेषणा अभियान सुरु गरिने पनि सभामा जानकारी गराउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *