समाचार

सरकारले किसानकाे पक्षमा काम गरेको छैन : अध्यक्ष नेपाल

पुस ६ शनिबार ,२०८१
काभ्रेपलान्चोक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्व पुर्वमन्त्री माधब कुमार नेपालले तत्कालीन अबस्थामा एमाले अध्यक्ष केपी ओली लगायत अन्य चार नेताले गणतन्त्र सम्भव नभएको भनी फरक मत दर्ज गरेको बताउनु भएको छ।शनिवार काभ्रे जिल्ला कमिटीको चौथाे विस्तारित बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले  फरक मतमा हस्ताक्षर नै गर्ने नेताहरूमा विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, मुकुन्द न्यौपाने लगायतका नेताहरु रहेको बताउनु भएको हो ।

अध्यक्ष नेपालले इतिहास सम्झदै भन्नुभयो ,` निज ब्यक्तिहरुले गणतन्त्रकाे विपक्षमा मत राखेका थिए। तीन नेताहरुले त विमति हस्ताक्षर नै गरे ,तर ओलीले चाहिँ असहमति मात्रै राखेका हुन्।उनी गणतन्त्रकाे विराेधी हुन भन्ने प्रष्ट छ। त्यो उनकाे अधिनायकवादी शैलिले देखाएको छ।´त्यतिबेला एमालेले गणतन्त्र नचाहेकाे र अहिले उनै नेता ओली प्रधानमन्त्री भएका छन्, तिनले कस्तो गणतन्त्र स्थापित गर्छन् भनी अध्यक्ष नेपालले प्रश्न गर्नु भएकाे छ।

`सरकारले मजदुर ,कृषक र भुइमान्छेकाे पक्षमा काम नगरेकाे उहाँको आराेप छ। युवाहरु विदेशबाट फर्किएर नेपालमा कृषिको क्षेत्रमा लगानी गरिरहेका छन्, तर दुग्ध संस्थाले दूध किनि दिदैन्।कृषकका फलफूल,तरकारी विक्रि भएकाे छैन्। सरकारले बरु विदेशबाट सामान ल्याउन तयार हुन्छ, किनभने त्यहाँबाट माेटाे रकम कमिसनकाे खेल हुन्छ । ´

अबकाे दिनमा किसानकाे उत्पादन सरकारले किनि दियाे भने मात्रै  कृषक बाँच्न सक्छ उहाँको भनाइ थियो । सरकारले नयाँ रणनीति बनाएर काम नगरे युवाहरु फरि विदेश पलायन हुनु पर्ने बाध्यता रहेकाे तिताे सत्यलाई उजागर गर्दै उहाँले एकीकृत समाजवादीका नेता र जनप्रतिनिधिले यस्तो बाटाे अबलम्वन गर्नु पर्नेमा जाेड दिनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *