समाचार

धुलिखेल नगरसभामा प्रस्ताव संशाेधन विधेयक सर्वसहमत अनुमाेेदन

पुस ४ बिहीबार ,२०८१
काभ्रेपलान्चोक । धुलिखेल नगरपालिकाकाे सोह्रौं नगरसभा  अधिबेशन सम्पन्न भएको छ ।बिहीबार नगरपालिकाको नगर सभाहलमा मेयर अशाेक कुमार बेन्जुकाे अध्यक्ष्ातामा नगर सभा सम्पन्न भएको हो ।

उक्त सभाले धुलिखेल नगरपालिकाको आर्थिक वर्ष ०८१/०८२ को बजेट तथा कार्यक्रम संशोधन गरेको छ। नगरपालिका प्रमुख बेन्जुले राख्नु भएको संशाेधन विधेयक माथि छलफल गर्दै साे सभाले नगरपालिकाको कर्मचारी व्यवस्थापन सम्बन्धि (विशेष) विधेयक,नगरपालिकाको जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८१ ,आर्थिक ऐन तथा राजश्वका दररेट संसोधन विधेयक सर्वसहमत पारित भएको हो ।

यस्तै सभाले धुलिखेल, पनौती नगरपालिका, पनौती वडा नं १२ र धुलिखेल खानेपानी उपभोक्ता समिति बीच भएको सहमति सर्वसम्मतरुपमा अनुमोदन गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *