समाचार
बागमती प्रदेशका जिल्लाहरुमा रास्वपाको जिल्ला भेला हुँदै ।

मंसिर १८,मंगलबार ,२०८१
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा)ले जिल्ला भेलाद्वारा जिल्ला समिति चयन गरिरहेकाे छ। रास्वपाकाे राष्ट्रिय अधिबेशन हुने समय नजिकिँदै जाँदा जिल्ला भेलाहरु भइरहेका हुन्। बागमती प्रदेशका विभिन्न जिल्लामा पार्टीको जिल्ला भेला सम्पन्न भइसकेकाे छ।
आगामी २०८२ बैशाखमा महाधिवेशन गर्ने रास्वपाकाे तयारी छ। महाधिवेशन बैशाखमा हुने रास्वपा स्राेतले जनाएको छ। तर विभिन्न राजनीतिक संक्रमणकालीन अबस्थाले केही ढिला हुन सक्ने अनुमान गर्ने सकिन्छ । पार्टीको सांगठनिक संरचना फेरबदल भएको कारण जिल्ला, जिल्लामा तदर्थ समिती बनिरहेका छन् ।
बागमती प्रदेशका १३ जिल्ला मध्ये ९ जिल्लामा ,जिल्ला सभापति सहित पदाधिकारी चयन भइसकेको पार्टीका बागमती प्रदेश कमिटीका महामन्त्री सुरेन्द्र भट्टले जानकारी दिनु भयो ।
राष्ट्रिय महाधिवेशन कहिले हुन्छ त ? भन्ने प्रश्नमा प्रदेश महामन्त्री भट्ट भन्नुहुन्छ ,` आगामी बैशाखमा महाधिवेशन पक्का पक्की जस्तै थियो । तर पार्टीको सांगठनिक संरचनामा केही तलमाथि भएकोले केही समय धकेलिन सक्ने अनुमान गर्न सकिन्छ ।´ अन्य कुनै अबरोध सिर्जना नभए महाधिवेशन निश्चित मितिमा नै हुने संकेत भट्टले गर्नु भएको छ।
तदर्थ नवनिर्वाचित जिल्ला सभापतिहरुमा काठमाडौँबाट प्रदिप विष्ट,ललितपुरमा बुद्ध रत्न महर्जन ,काभ्रेपलान्चाेकमा प्रविन कुमार ढकाल हुनुहुन्छ । यस्तै अन्य जिल्लाहरु मध्ये रामेछापमा रमेश रायमाझी, सिन्धुलीबाट अविनाश बस्नेत,सिन्धुपाल्चोकमा माया गुरुङ,मकवानपुरबाट भरत पराजुली जिल्ला सभापति चयन हुनु भएको छ। कृष्ण प्रसाद भुसाल चितवन र धादिङ जिल्लाबाट सुर्यमणि पाठकले जिल्ला सभापतिकाे जिम्मेवारी बहन गर्नु हुने छ।
बागमती प्रदेशका अन्य ४ जिल्ला नुवाकोट, भक्तपुर ,दाेलखा र रसुवामा छिटोभन्दा छिटो जिल्ला भेला हुने मिति निर्धारण भइसकेको छ। नुवाकोट र भक्तपुरमा यहि मंसिर २२ गते जिल्ला भेला हुदैँ छ,भने दोलखामा २९ गते भेला गरिने निश्चित भइसकेको छ। रसुवाकाे जिल्ला भेला भने केही समय पछि हुने महामन्त्री भट्टले जानकारी दिनु भयो ।
रास्वपाले बागमती प्रदेशका जिल्लाहरुमा आफ्नो संगठन विस्तार गरिरहेकाे छ। छाेटाे समयमा राष्ट्रिय राजनीतिमा उदाएकाे पार्टीले वडा -वडा तहमा पुगेर प्रभाकारी संगठन बनाउनु सकारात्मक भएको राजनितीक विश्लेषण गरिन्छ । रास्वपामा युवाहरुकाे सकृयता उपस्थितीले राष्ट्रिय राजनीतीलाई नयाँ माेडमा लैजाने देखिन्छ । पुराना दलहरुकाे दलाल प्रवृद्धिलाई परास्त गरि, जान्नेलाई छान्ने नारा देश भरी फैलाउन रास्वपालाई विज्ञहरुकाे सुझाव छ।
