समाचार
उपनिर्वाचन ४१ रिक्त पदमा मतदान हुने

मंसिर १६ आइतबार ,२०८१
काठमाडौं । स्थानीय तह उपनिर्वाचनकाे मतदान आज हुदै छ। आज बिहान सात बजे देखि साँझ ५ बजेसम्म मतदान गर्न पाइने समय निर्वाचन अयाेगले ताेकेकाे छ।
निर्वाचन आयाेगले यी पदहरुमा निर्वाचन हुने जनाएको छ। छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो ।
कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समिति प्रमुख र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

