समाचार

नागार्जुन वाङमय प्रतिष्ठानकाे श्रष्टा विशेषमा कवि अनिता लामा

मंसिर १५ शनिबार ,२०८१
काठमाडौ । नागार्जुन वाङ्यमय प्रतिष्ठानको `शुप्रभात काव्यगोष्ठी´ मंसिर महिनाको सँस्करण सम्पन्न भएको छ। आज शनिबार प्रतिष्ठानकाे सभाहल बागबजारमा नियमित काव्यगाेष्ठ सम्पन्न भएको हो ।
        
प्रतिष्ठानका अध्यक्ष  दिल पौडेलकाे अध्यक्ष्ातामा ,तीन दर्जन कविहरुले पालै पालाे आ- आफ्ना रचना बाचन गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि डा. धनप्रसाद सुवेदी (सचिव प्रज्ञा- प्रतिष्ठान),नागार्जुन कवि श्रष्टा विशेष कवि अनिता लामा (उपमेयर बुढानिलकन्ठ नपा),विशिष्ट अतिथि – प्रा.डा. जीबेन्द्रदेब गिरी,अतिथिहरु क्रमश श्री नमुना शर्मा (उपाध्यक्ष – प्रलेस केन्द्रीय कमिटी), कवि डम्बर एलाक,सॅस्थापक वैरागी जेठा लगायतको उपस्थिति थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि डा धनप्रसाद सुवेदी र श्रष्टा विशेष कवि अनिता लामा समेत २ जनालाइ नागार्जुन वाड॰मय सम्मान – २०८१ द्वारा सम्मान गरिएको थियो।

कविहरु कृष्णप्रसाद पौड्याल, भावकेशर बराल,गॅगा खतिवडा , पार्वती भट्ट,सन्जय सोती,रुबी सत्याल, इन्दिरा निरौला,बलराम विष्ट,लब खड्का, रामप्रसाद सापकोटा, नवीन पल्लव, मिशन अधिकारी, शिवहरी पाण्डे,महेशप्रसाद सिलवाल, राजेन्द्रकुमार बर्तौला,शुसान तामाङले विभिन्न भावका कविता सुनाउनु भयो ।

माधव अटल र युवराज नास्तिकले संचालन गर्नु भएको कार्यक्रममा टिभी पत्रकार राजनप्रसाद न्यौपाने लगायत संचारकर्मीहरु लोकमणि रिजाल, गंगाप्रसाद भेटवाल, जयराम विडारी, बिष्णु भण्डारीकाे उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *