समाचार
नेकपा मालेका केन्द्रीय सदस्य कार्की रास्वपामा

मंसिर,१२बुधबार ,२०८१
काठमाडौ । जनआकाश मिडियाका सञ्चालक तथा युवा पत्रकार माेहन कार्की राष्ट्रिय स्वतन्त्र पार्टीमा सकृय हुनु भएको छ। विगत लामाे समयदेखि पत्रकारीतामा आबद्ध कार्की राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापकाे जिल्ला उपसभापति पदमा रहेर जिम्मेवारी बहन गर्दै हुनुहुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापकाे जिल्ला भेलाबाट कार्कीलाई उप सभापतिकाे जिम्मेवारी प्रदान गरिएको हो । यस अधि उहाँ नेकपा मालेकाे केन्द्रीय सदस्य रहेर काम गर्नु भएको थियो । प्रारम्भिक कमिटी देखि मालेकाे विभिन्न कमिटीमा काम गर्नु भएका कार्कीको राजनीतिक पृष्ठभूमि अलि फरक रहेको छ।
कम्न्युष्ट राजनीतिक आस्था राख्नु हुने कार्कीले, पुराना ढर्रामा हिडेका राजनीतिक दलहरुबाट गन्तव्यमा पुग्न नसकिने भएकोले नयाँ दल रास्वपा छान्ने निर्णय गरेकाे स्विकार्नु भएको छ।
समाज परिवर्तनको निम्ति एउटै दल र राजनीतिक संस्कारबाट निकास निष्कन सम्भाव नभएको कार्कीको तर्क छ। `जान्नेलाई छान्ने दलमा काम गर्ने निर्णय गरेकाे छु । पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने प्रयत्न गर्ने छु । मेरो कामकाे मुल्यांकन पार्टीले गर्ने छ। नयाँ पार्टीमा नयाँ तरिकाले परिवर्तन र रुपान्तरणकाे अभियानमा लाग्ने छु ।´ उहाँले प्रतिबद्दता जनाउनु भएको छ।
