समाचार

काभ्रेको पनौतीमा विपदले क्षति गरेका पशुकाे पाए किसानले विमा रकम

मंसिर १ शनिबार २०८१
काभ्रेपलान्चोक । काभ्रेको पनौती नगरपालिका स्थित कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेडले असाेज ११र १२ गतेकाे विपदबाट क्षति भएका पशु- चौपायाकाे पशुसुरक्षण विमा रकम भुक्तानी वितरण गरेको छ।

आज(शनिबार) नगरपालिकाकाे वडा नम्बर १२ मा संस्थाले एक कार्यक्रम आयाेजना गरी विपदमा ज्यान गुमाएका पशुको विमा रकम चेक मार्फत उपलब्ध गराएको छ। उक्त संस्थामा वडा नम्बर १२ का सेयर सदस्य किसानहरुकाे भैँसी ,गाई,बाख्राहरुकाे सामुहिक विमा कार्यक्रम अन्तर्गतकाे रकम किसानले पाएका हुन ।

संस्थाले २५ जना किसानलाई सामुहिक पशु विमा बापतकाे २६ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरेकाे कलाँती भूमेडाँडा साना किसान कृषि सहकारी लिमिटेडका संस्थापक अध्यक्ष बसुन्धरा हुमागाँईले जानकारी दिनु भयो । बाढिकाे क्षति मूल्यांकन अनुसार ५ वटा पशु क्षति भएर धेरै रकम पाउने किसान सुमित्रा थापा हुनुहुन्छ । उहाँले ५ लाख ३० हजार मूल्यांकन बराबर ४ लाख १८ हजार रकम पाउनु भएको थियो । क्षतिकाे मुल्यांकनमा कम रकम पाउने किसानले ३० हजार बराबर २१ हजार रकम प्राप्त गर्ने राम चन्द्र के. सि .रहनु भएको छ।

कुनै समय सहकारीमा पैसा बचत गर्न र विमा गर्न नमान्ने किसानलाई आज पशु विमाकाे रकम वितरण गरेर किसानकाे हकमा नयाँ काम गर्न सकेकाे भन्दै संस्थापक अध्यक्ष हुमागाईले खुशि ब्यक्त गर्नु भयो । उहाँले,` अब तिनवटा सम्म विपदमा पनि विमा रकम दिन संस्था सक्षम रहेकाे बताउनु भयो । उहाँका अनुसार संस्थामा १ कराेड २० लाख विमा रकम संचित रहेको छ। ´

असाेज ११र १२ काे बाढीबाट भएको क्षतिकाे रकम पाउँदा समयमा विमा गरेर राम्रो गरेकाे किसानहरु बताउँछन् । विमा बापतकाे रकम पाउँदा पीडित किसानहरुकाे हर्षका आँसु झरेका थिए। संस्थाले एक लाख विमा बराबरकाे बार्षिक १२ सय रुपैयाँ  किसानबाट उठाउने गरेकाे थियो ।

साेही कार्यक्रममा विपद प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित खानेपानीकाे निम्ति फिल्टर वितरण गरिएकाे थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *