समाचार
काङ्ग्रेस महामन्त्री थापा र सरकार प्रती मनिष झा काे आक्राेश

कार्तिक ३ शनिवार ,२०८१
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा संघीय सांसद मनिस झा ले सरकारले आफ्नो नाङ्गो चरित्र प्रदर्शन गरेको खुलासा गर्नु भएको छ। सरकारले रास्वपा सभापति रवी लामिछानेलाई पक्राउ गरेकाे बिराेधमा पाेखरामा आयाेजित सभामा सम्बाेधन गर्दै नेता झाले यस्तो बताउनुभएको हो ।
उहाँले नयाँ पुस्ताकाे राजनीति गर्दै आउनु भएका काङ्ग्रेस महामन्त्री गगन थापा पनि ओलिसँग सति गएको आराेप लगाउनु भयाे । नयाँ पुस्ताले नेतृत्व गरेको पार्टीसँग सहकार्य नगरी पुरानालाई काखि च्याप्नु थापाकाे निम्ति घातक भएको भन्दै नेता झा ले राजनीतिक प्रतिशाेधले काम गरेको जिकिर गर्नु भयो ।
एउटा ब्यक्तिकाे राजनीति सिद्दयाउन ओलिकाे पछि लागेर गगन थापाले आफ्नो चरित्र सार्वजनिक गरेको उहाँको भनाइ थियो । सभापति रवी लामिछानेले सार्वजनिक गर्नु भएको भिडियोकाे उदाहरण दिदै झाले भन्नुभयो ,` राज्यले एउटा ब्यक्तिलाई थुनेर केही नहुने ,यो अभियान भएकोले फरक पर्दैन । अब हामी सच्चा राजनीतिमा आउने छौ । हामी गरेर देखाउने छौ । विचार र अभियानलाई निरन्तरता दिन लाग्ने भएकोले विचलित नहुने झाले प्रतिवद्दता जनाउनु भएको छ।´

