समाचार

काभ्रे बार निर्वाचन :- सचिव पदका उमेदवार तामाङकाे दाेहाेराे सदस्यता रहेको दावी

कार्तिक २ बिहिवार ,२०८१
काठमाडौ । भाेली कार्तिक ३ गते हुने काभ्रेपलान्चाेक जिल्ला बार ईकाइको कार्यसमिति निर्वाचनमा सचिव पदकाे उमेदवार विरुद्ध दावी बिराेध परेको छ। हिजाे (बुधबार ) भएको प्रथम नामावली प्रकाशनमा चित्त नबुझेपछि अध्यक्ष हरि शरण दाहालले नेतृत्व गर्नु भएको प्यानलका सचिव पद विरुद्ध दावी बिराेध प्रस्तुत भएको हो ।

लाेकतान्त्रीक तथा प्रगतिशिल समूहकाे तर्फबाट नेकपा एकीकृत समाजवादी निकट कानुन ब्यवसायि प्राणनाथ न्यौपानेले सचिव पदका प्रतिद्वान्दी नारायण ध्वज तामाङ विरुद्ध दावी बिराेध गर्नु भएको निर्वाचन समितिका अध्यक्ष कृष्णप्रसाद सापकाेटाले जानकारी दिनु भयो ।

काभ्रे जिल्ला बार ईकाइकाे अधिल्लाे कार्यकालमा काेषाध्यक्ष पदमा रहेर काम गर्नु भएको तामाङ विरुद्ध दावी बिराेध पर्नुकाे कारण के हो आफुलाई थाहा नभएको सापकोटाले बताउनु भयाे । उहाँका अनुसार , ` तामाङ वैतरणी कानुन ब्यवसायी र काभ्रेमा कृयाशिल देखिनु भएको छ । उहाँ विरुद्धकाे दावी प्रमाण पेस भएमा तामाङकाे उमेदवारी खारेज हुने छ। दावी बिराेध प्रमाणित नभए सहमतिमा निर्वाचन गराउने सापकाेटाले बताउनु भयो।´

तामाङको काभ्रे र ललितपुर बार ईकाइमा दाेहाेराे सदस्ता रहेकाे दावी न्यौपानेले गर्नु भएको छ। काभ्रे बारमा नविकरण क्रम संङ्ख्या ४३ छ भने ललितपुरमा नविकरण संङ्ख्यम २४० छ । १०१९६ लाइसेन्स नम्वर भएका तामाङकाे उमेदवारी बारकाे बिधान विपरित रहेकाेले खारेजी हुनु पर्ने न्यौपानेले जिकिर गर्नु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *