समाचार
जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा पाेटे निर्वाचित

बिहिवार , २७ भाद्र
काभ्रेपलान्चोक । जिल्ला सहकारी संघ काभ्रेको ४३ अौ साधरण सभा सम्पन्न भएको छ। बुधबार काभ्रेको बनेपामा सम्पन्न साधरण सभाले अमन पाेटेकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। अध्यक्ष पाेटेले १सय ९० मत प्राप्त गर्नु भएको थियो भने उहाँका प्रतिस्पर्धि राजन शाक्यले १ सय ४९ मत पाउनु भएको थियो ।
उपाध्यक्षमा शान्ति तामाङ , महिला उपाध्यक्ष मिरा सत्याल सचिव प्रकाश बन्जरा ,काेषाध्यक्ष अर्जुन प्रसाद सापकाेटा र सदस्यहरुमाअम्विका तिमल्सिना , जगन्नाथ श्रेष्ठ ,पुर्ण सागर रञ्जित ,माेहन कुमार श्रेष्ठ ,राेशन कुमार श्रेष्ठ , पवन कुमार कर्णजित , महिला संचालक सदस्य देवकी तिमल्सिना निर्विराेध र लेखा समिति संयाेजकमा डिल्ली प्रसाद आचार्य निर्वाचित हुनु भएको छ।
बुधबार सम्पन्न साधरण सभामा नेपाली काङ्ग्रेस ,माओवाद केन्द्र र एकीकृत समाजवादीकाे संयुक्त गठबन्धन भएको थियो भने एमाले एक्लैले प्रतिष्पर्धा गरेको थियो । केन्द्रीय सरकारमा काङ्ग्रेस ,एमाले गठबन्धन भए पनि जिल्लामा भने ७९ मंसिरकाे संघीय र प्रदेश निर्वाचनकाे ब्युतिएकाे छ । गठबन्धनबाट सचिव पदकाे उमेरद्वार यदुनाथ हुमेगाई पराजित भएका छन् ।


