समाचार

असाेज ९ देखि २४ सम्म बनेपा महाेत्सव हुने

भदौ १९ बुधबार 
काभ्रेपलान्चोक ।  बिगतका वर्षहरु जस्तै बनेपा ब्वाइज क्लब (बिबिसि)ले बनेपा महाेत्सव २०८१ काे पाँचौं संस्करण गर्ने भएको छ। “हाम्रो अभियान खेलकाे सान, संस्कृति र समृद्धि बनेपाकाे पहिचान “भन्ने मुल नारा सहित बनेपा महाेत्सव  हुन लागेकाे हो ।

महाेत्सव आगामी असाेज ९ गते देखि २४ गतेसम्म १६ दिन चल्ने छ। उक्त मेलामा  घरेलु ,कृषि  तथा ब्यापारीक सामाग्रीहरुकाे  १०० भन्दा बढी स्टलहरु रहने छन् । साथै राष्ट्रिय स्तरका कलाकारहरुले मनाेरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने छन् ।महाेत्सबमा महिला भलिबल ,युथ फुटबल ,खुल्ला नृत्य तथा गायन , मार्शल आर्ट, धिमे बाजा प्रतियाेगिता समेत गरिने छ।

असाेज ९ गते विभिन्न स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनि ,बाजागाजा, मौलिक नाच सहित महाेत्सकाे उदघाटन गरिने बिबिसिका अध्यक्ष महेश कुमार कर्मचार्यले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो छ।

बिबिसीले गर्ने उक्त महाेत्सबकाे ब्यवस्थापन संयुक्त नेपाल मेला महाेत्सब ग्रुपले गर्ने भएको छ। महाेत्सबकाे प्रमुख सल्लाहकारमा रामराज जाेशि ,मुख्य संयाेजक पारश मणि कायस्थ , सह मुख्य संयाेजकमा यश कुमार रंञ्जितलाई नियुक्त गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *